सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : लिङ्देन « Khabarhub

सार्वजनिक पदका नेता आर्थिक लेनदेनमा जोडिए कारबाही गर्छौँ : लिङ्देन


५ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नवनियुक्त उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनले केन्द्रदेखि प्रदेशमा सार्वजनिक पदधारण गरेका कुनै पनि नेता आर्थिक लेनदेनमा जोडिएको प्रमाणित भएमा विलम्ब नगरी कारबाही गर्ने बताए ।

पार्टीको केन्द्रीय सचिवालयद्वारा आयोजित नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, प्रदेश सभामुख, प्रदेशमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्षसमेत रहेका लिङ्देनले घुस प्रकरणमा जोडिएमा ती नेतालाई सामाजिक जीवन र प्रतिष्ठाबाट उठ्न नसक्ने गरी कारबाही गर्ने बताए ।

जनताले राप्रपालाई सुशासनका लागि अपेक्षा गरेकाले उनीहरूलाई निरास नबनाउने उनको भनाइ थियो । “हाम्रा प्रतिबद्धता पूरा गर्न सरकारमा सहभागी हुने कठोर अग्निपरीक्षामा होमिएका हौँ, व्यवहारिकरूपमै कुनै पनि भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई कार्यान्वयन गर्न र आफूलाई प्रमाणित गर्न हामी सरकारमा सहभागी भएका हौँ । तपाईँहरूको सदाझैँ साथ, सहयोग, समर्थन र हौसलाको अपेक्षा राखेका छौँ”, उनले भने ।

शुभेच्छुक, शुभचिन्तकको ठूलो पङ्क्तिले राप्रपा सरकारमा नजाओस् भन्ने चाहना राखेकाले उनीहरूलाई धैर्य गर्न आग्रह गर्दै अध्यक्ष लिङ्देनले हाम्राबारे अहिल्यै मूल्याङ्कन गर्न र कुनै धारणा बनाउन हतारो हुने बताए । उनले भने , “मन्त्रीहरूको स्वागतमा फूलमाला होइन, सरकारबाट निस्कँदा फूलमाला लगाउने गरी परिणाममुखी काम गर्छौँ, हामी आफ्नो जिम्मेवारीमा खरो उत्रन्छौँ ।” सरुवा, बढुवा र नियुक्तिको विषय लिएर नआउन अनुरोध गर्दै उपप्रधानमन्त्री लिङ्देनले विकास निर्माणका योजना ल्याउन भन्दै सरुवा, बढुवा र नियुक्तिको विषयका काम गर्न नसकिने बताए ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार  ९ : २० बजे

कांग्रेस सहमहामन्त्री खस–आर्यतर्फ मनोजमणि आचार्यको अग्रता

काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री खस–आर्यतर्फको मतगणनामा मनोजमणि आचार्यले अग्रता लिएका

भोटेकोशी बाढी प्रभावित ४ हजार १०८ घरधुरीलाई ४५ हजारका दरले राहत

 काठमाडौँ –  सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रत्यक्ष प्रभावित रसुवा, नुवाकोट र

बुढीगण्डकी बाढीपीडितले तीन दिनपछि पाए २८ वटा टेन्ट (तस्बिरहरू)

काठमाडौँ– बुढीगण्डकी बाढीले प्रभावित गोरखाको आरुघाट शान्तिबजारका स्थानीयका लागि रेडक्रसले

भृकुटीमण्डपको बजारमा किनमेल गर्नेको भीडभाड (तस्बिरहरू)

काठमाडौं– दसैँ-तिहारको आगमनसँगै काठमाडौंको भृकुटीमण्डपस्थित खुल्ला  बजारमा किनमेल गर्नेहरूको चहलपहल

पाँच देशका राजदूतले राष्ट्रपतिलाई बुझाए ओहोदाको प्रमाणपत्र

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष विभिन्न पाँच मुलुकका राजदूतले आ–आफ्नो ओहोदाको