विश्व इतिहासमा आज : ओबामा राष्ट्रपतिदेखि इरान बन्धक अन्त्यसम्म | Khabarhub Khabarhub

विश्व इतिहासमा आज : ओबामा राष्ट्रपतिदेखि इरान बन्धक अन्त्यसम्म


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २० जनवरी। आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम :

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति
सन् २००९ मा २० जनवरीमा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको शपथ लिएका थिए। अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन्।

अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति
सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन्। डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन्। ५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन्।

इरान बन्धक अन्त्य
इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि २० जनवरी १९८१ मा रिहा गरिएको थियो। मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण
सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो। २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : ५९ बजे

सांस्कृतिक संस्थानले ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना गर्ने

काठमाडौं – सांस्कृतिक संस्थानले आगामी साउनमा ‘गाईजात्रा महोत्सव २०८२’ आयोजना

सभापति देउवाद्वारा पूर्वनिर्वाचन आयुक्त शर्माको निधनप्रति दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन

बैंककमा पनि मनाइयो २१२औँ भानु जयन्ती

काठमाडौं– २१२ औँ भानु जयन्तीको विशेष अवसर पारेर आज आइतबार

गैरआवासीय नेपाली सङ्घमा ‘केसी समूह’ महाधिवेशनको तयारीमा

काठमाडौं– गैरआवासीय नेपाली सङ्घको ‘डा बद्री केसी समूह’ सङ्घको १२औँ महाधिवेशन