विश्व इतिहासमा आज : ओबामा राष्ट्रपतिदेखि इरान बन्धक अन्त्यसम्म « Khabarhub

विश्व इतिहासमा आज : ओबामा राष्ट्रपतिदेखि इरान बन्धक अन्त्यसम्म


६ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २० जनवरी। आजका दिन विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही महत्वपूर्ण घटनाक्रम :

अमेरिकामा पहिलो अश्वेत राष्ट्रपति
सन् २००९ मा २० जनवरीमा अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको शपथ लिएका थिए। अमेरिकी इतिहासमा पहिलो पटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन्।

अमेरिकाकी पहिलो महिला उपराष्ट्रपति
सन् २०२१ को २० जनवरीमा कमला ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन्। डेमोक्रयाटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन्। ५६ वर्षीय ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन्। उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए।उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन्।

इरान बन्धक अन्त्य
इरानले बन्धक बनाएर राखेका दर्जनौं अमेरिकी नागरिकलाई महिनौंपछि २० जनवरी १९८१ मा रिहा गरिएको थियो। मुस्लिमहरुको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो।

बंगलादेश स्वतन्त्र युद्धको बिजारोपण
सन् १९६९ मा एक पाकिस्ताका एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वीपाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो। २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो।

 

प्रकाशित मिति : ६ माघ २०७९, शुक्रबार  ६ : ५९ बजे

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै युवाहरू सडकमा

काठमाडौं – नेपालमा प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको व्यवस्था गर्नुपर्ने मुख्य मागसहित

श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन

काठमाडौं – विभिन्न अस्पतालमा इन्टर्नसिप गरिरहेका चिकित्सक, मेडिकल अधिकृत तथा आवासीय

तेल तथा ऊर्जा क्षेत्रको विकासका लागि इराकले अमेरिकासँग गर्यो ४८ सम्झौता

बग्दाद- इराकले तेल तथा ऊर्जा क्षेत्रको विकास र आर्थिक सहकार्य विस्तारका

सुदूरपश्चिम रोयल्सको व्यवस्थापन टोली सार्वजनिक, सुनिल थापा लगातार दोस्रो सिजन टिम म्यानेजर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) फ्रेन्चाइज टोली सुदूरपश्चिम रोयल्सले शुक्रबार आगामी

नागढुङ्गा सुरुङमार्गमा ‘टनेल रन एण्ड वाक’ आयोजना

काठमाडौं- नागढुङ्गा सुरुङमार्गको प्रवर्द्धन तथा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज