सामाजिक सञ्जालमा असंयमित मेयर बालेन | Khabarhub Khabarhub

सामाजिक सञ्जालमा असंयमित मेयर बालेन


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – महानगरले घर भत्काउनेबाहेक अरु काम नगरेको भन्दै प्रश्न उठ्न थालेपछि काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह सामाजिक सञ्जालमा असंयमित देखिएका छन्। ‘कमेडी क्लब विथ च्याम्पियन’का निर्माता विशाल भण्डारीले भत्काउनबाहेक बनाएको देखिएन भन्ने प्रश्न गर्दा मेयर साहले गैरजेम्मेवारीपूर्ण जवाफ दिएका छन्।

मेयर बालेनले अमर्यादित जवाफ दिँदै प्रतिप्रश्न गरेका छन्, ‘तिम्रो शो पैसाको भोटले जितिन्छ । तिमी पैसा कमाउन आएको हौ । तिम्रो अस्तित्व पैसाबाहेक केही छैन । तिमी जस्तो बिकाउ मान्छेलाई जवाफ दिन जरुरी छैन ।’

भण्डारीलाई सार्वजनिक रुपमा व्यक्तिगत लाञ्छना र उनको व्यवसायमाथि नै असान्दर्भिक आरोप थोपरेपछि मेयर बालेनको कमेन्टमाथि लामै बहस भएको छ ।

त्यसपछि निर्देशक भण्डारीले अर्को स्टाटस लेखेर आफ्नो प्रश्न दोहोर्‍याएका छन् – मैले प्रश्न सोधेको हो । भत्काउनुबाहेक के बनाउनुभयो ? त्यसमा पनि मेयर बालेनले ‘प्रश्न सोध्न पाइन्छ भाइ। काम गरेको मान्छेलाई। रातिराति दारु खाएर दुख दिन पाइँदैन। तिम्रो गाउँको मेयरले के गर्दै छ थाहा छ?’ भनेका छन्।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ४६ बजे

खेलाडी उत्पादन गर्दै रामपुर नगरपालिका

पाल्पा – खेलक्षेत्रको विकास गर्न रामपुर नगरपालिकाले खेलाडी उत्पादनमा जोड

शेखर कोइरालाले भने : सुशासन कायमबाट मात्रै मुलुक समृद्ध बन्छ

तनहुँ – नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको

सीमान्तकृत समुदायका लागि सुरक्षित आवासमा पहुँच वृद्धि गर्न जोड

काठमाडौं – आवाससम्बन्धी संविधानप्रदत्त अधिकार प्राप्तिका लागि सीमान्तकृत समुदायको सुरक्षित

अल्जेरियामा फुटबल समर्थकहरू बीच भागदौड : तीन जनाको मृत्यु, ८१ घाइते

अल्जियर्स – अल्जेरियाको राजधानी अल्जियर्समा मोलुदिया क्लब द अल्जेर (एमसीए)