प्रदेश १ का मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए? « Khabarhub

प्रदेश १ का मन्त्रीको कार्यविभाजन, कसले कुन मन्त्रालय पाए?


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश नं १ का मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजन गरिएको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा १६८को उपधारा (९) बमोजिम मन्त्रिपरिषद्का सदस्यको कार्यविभाजनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङसमक्ष सिफारिश गरेका थिए ।

कार्यविभाजनअनुसार मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै मन्त्री तिलकुमार मेन्याङ्बो लिम्बूलाई खानेपानी, सिँचाइ तथा उर्जा मन्त्रालय, मन्त्री दुर्गाप्रसाद चापागाईँलाई सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, मन्त्री भक्तिप्रसाद सिटौलालाई उद्योग, कृषि तथा सहकारी मन्त्रालय, मन्त्री जीवन आचार्यलाई पर्यटन, वन तथा वातावरण मन्त्रालय, मन्त्री बुद्धिकुमार राजभण्डारीलाई सामाजिक विकास मन्त्रालय र मन्त्री निर्मला लिम्बूलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ११ : ३६ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर