पर्यटकीय गन्तव्य बन्दै प्रादेशिक सहिद पार्क « Khabarhub

पर्यटकीय गन्तव्य बन्दै प्रादेशिक सहिद पार्क


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतस्थित प्रादेशिक सहिद पार्कलाई पर्यटकीय गन्तव्य बनाउने तयारी गरिएको छ । वीरेन्द्रनगर ४ सुर्खेतको भैरम सामुदायिक वनमा पर्ने सहिद पार्कको आकर्षण बढ्दै जाँदा यसलाई प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन लागिएको हो।

उक्त सामुदायिक वन उपभोक्ता समूहको शुक्रबार सम्पन्न २३ औँ वार्षिक साधारणसभामार्फत संस्थाका अध्यक्ष अमरबहादुर कार्कीले यसका लागि गुरुयोजना निर्माण गरिएको बताए ।

उनले भने, “आगामी आर्थिक वर्षमा सामुदायिक वनले सहिद पार्कमा गुरुयोजनाअनुसार झरना, मचान, ट्रि हाउसलगायतका संरचना निर्माण गर्नेछ । यसले आन्तरिक तथा विदेशी पर्यटकको आकर्षण बढाउनेछ ।” वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले सामुदायिक वनको हाताभित्र रहेको प्रादेशिक सहिद पार्क प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य गराउनुपर्ने सुझाव दिए ।

उनले सहिद पार्कभित्र गुरुयोजना विपरितका कुनै पनि काम नगर्न आग्रह गर्दै त्यसको पुनरावलोकन गरी सोहीअनुसार संरचना निर्माणमा ध्यान दिनुपर्ने बताए । पार्कभित्र पुराना नमूना घर, कोल, ढिकी जाँतोजस्ता पम्परागत संरचनाहरु निर्माण गर्न सकिए त्यसले पर्यटकलाई थप आकर्षित गर्ने उपप्रमुख खनालको भनाइ थियो । वीरेन्द्रनगरका पूर्वप्रमुख देवकुमार सुवेदीले उक्त सामुदायिक वन अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सल्लाह दिए । वीरेन्द्रनगरको पानीको मुहान मानिने उत्तरी जलाधार क्षेत्रलाई संरक्षण गर्ने योजना ल्याउन वन समूहलाई आग्रह गर्दै उनले पार्कलाई सफा र स्वच्छ राख्ने संरचना निर्माण गर्न निर्देशन दिए ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १ : २४ बजे

१२ कक्षा पढेका तारिक रहमान : १७ महिना जेल र १७ वर्ष निर्वासनपछि बन्दैछन् बंगलादेशको प्रधानमन्त्री

ढाका- यो पटकको बंगलादेशको चुनावमा बीएनपी सामु शेख हसिना नेतृत्वको

कांग्रेसको प्रतिज्ञापत्रमा स्वास्थ्य सेवाबारे ४१ बुँदा समेट्न शुभेच्छुकको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा

देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले देशलाई निकास दिन आगामी निर्वाचनको सफलताका

बर्दघाटमा ट्रमा सेन्टरको स्थलगत अनुगमनमा निस्किए विनोद चौधरी

बर्दघाट– नवलपरासी (पश्चिम) क्षेत्र नं. १ का निवर्तमान सांसद एवं प्रतिनिधि

पूर्वराजा झापाबाट फर्किँदै, एयरपोर्ट परिसरमा बढाइयो सुरक्षा व्यवस्था (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको छ