गृहमन्त्रीलाई सांसद खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नगर्ने अनि सूचना जारी गर्ने ? | Khabarhub Khabarhub

गृहमन्त्रीलाई सांसद खतिवडाको प्रश्न- अभियुक्त पक्राउ नगर्ने अनि सूचना जारी गर्ने ?


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृह मन्त्रालयले फौजदारी मुद्दामा अभियुक्त प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न पत्राचार गरेको विषयमा संसदमा रुलिङको माग गरिएको छ । कोइरीलाई पक्राउ नगरेपछि गृहमन्त्री रवि लामिछाने आलोचित बनिरहेका बेला शुक्रबार गृह मन्त्रालयले गृहमन्त्रीबाट पटक पटक कोइरीलाई कानुन बमोजिम पक्राउ गरी कारबाही गर्न प्रहरीलाई मौखिक निर्देशन दिएकोमा हालसम्म पक्राउ नगरेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको विज्ञप्ति जारी गरेर जानकारी दिएको थियो ।

साथै कोइरीलाई पक्राउ गरी तत्काल कारबाही गर्न मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई पत्राचार गरेको मन्त्रालयको प्रवक्ता फणिन्द्रमणि पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख थियो । उक्त विज्ञप्तिले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले नमानेको देखिएको र सुरक्षा संवेदनशीलता तथा गोपनीयताको विपरीत रहेको कांग्रेस सांसदहरुले बताएका छन् । 

प्रतिनिधिसभाको जारी बैठकमा कांग्रेस सांसदद्वय रामहरि खतिवडा र अर्जुननरसिंह केसीले तत्कालले पक्राउ पुर्जी जारी गरेको अभिव्यक्तिलाई पक्राउ गर्न नसक्ने र विज्ञप्ति जारी गरेको भन्दै आपत्ति जनाएका हुन् । 

खतिवडाले गृहमन्त्रीको मौखिक निर्देशन प्रहरीले मान्न छाडेको हो भन्दै प्रश्नसहित सभामुखसँग रुलिङको माग गरे । गृहमन्त्री लामिछानेले केटाकेटीपन प्रदर्शन गरेको भन्दै उनले भने, ‘गृहमन्त्रीलाई प्रहरी प्रशासनले टेर्न छाडेको हो ? मौखिक निर्देशन दिँदा प्रहरीले नटेरेको हो रु मान्छे पक्डिन नसक्ने अनि सूचना जारी गर्ने ?’

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ३ : २४ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही

विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिइँदै

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु