संगीत क्षेत्र अस्त, व्यस्त र मस्त छ: बद्री पंगेनी « Khabarhub

संगीत क्षेत्र अस्त, व्यस्त र मस्त छ: बद्री पंगेनी


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बद्री पंगेनी ।


काठमाडौं – पछिल्लो समय संगीत क्षेत्रमा चोरीका समाचार सधैजसो सामान्य हुन थालेका छन् । केही वर्षयता लोकशैलीका गीतले संगीत क्षेत्र त कब्जा गरेका छन् । तर, नेपालमा सार्वजनिक गरिने लोकशैलीका गीतमध्ये धेरै गीत विदेशी या नेपाली गीतबाट चोरिएको भन्ने आरोप खेप्नुपरेको छ ।

पहिलेका तुलनामा छाडा गीत कम सार्वजनिक हुने गरे पनि अझै पनि संगीत क्षेत्र पूर्णत व्यवस्थित हुन सकेको छैन । संगीत क्षेत्रमा फास्टफुट जस्ता गीत निर्माणको बाढी आएको छ ।

यसैबीच चर्चित गायक तथा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका अध्यक्ष बद्री पंगेनीले पछिल्लो समय संगीत क्षेत्र अस्तव्यस्त भएको बताएका छन् ।

खबरहबसँग कुराकानी गर्दै पंगेनीले भने, ‘संगीत क्षेत्र अहिले अस्त, व्यस्त र मस्त छ, यसलाई व्यवस्थित बनाउन हामी सबै लाग्नुपर्छ ।’

पछिल्लो समय संगीत क्षेत्रमा विकृति बढेको पनि उनले स्वीकारे । पंगेनीले संगीत क्षेत्रमा देखिएका विकृृतिलाई न्यूनीकरण गर्न राज्यले नै कदम चाल्नुपर्ने बताए ।

‘हामीले मात्र चाहेर सक्दैनौँ, संगीत क्षेत्रको व्यवस्थापनका लागि राज्यले पनि कदम चाल्नुपर्छ,’ उनले भने ।

पछिल्लो समय संगीत क्षेत्रमा संगीत चोरीको बहस सतहमा आएको छ । नयाँ कलाकारले पुराना कलाकारका गीतलाई मोडिफाई गरी नयाँ शैलीमा बजारमा ल्याउने गरेको पुराना सर्जकहरुले आरोप लगाउने गरेका छन् ।

केही दिनअघि प्रकाश सपूतको चर्चित गीत ‘गलबन्दी’ ले यस्तै आरोपको सामना गर्नुपरेको थियो ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  २ : ५९ बजे

‘क्यानाडा गाजाको शान्ति प्रयासमा सक्रिय रहनेछ’

एजेन्सी – क्यानाडाका अर्थ मन्त्री फ्रान्स्वा–फिलिप च्याम्पेनले अमेरिकी प्रशासनका केही

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा

ओलीलाई हराउन जाँदा जमानत जफत भएका युग पाठक प्रचण्ड नेतृत्वको नेकपातिर

काठमाडौं– २०७९ सालको निर्वाचनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

हरिबोल र कुलप्रसाद केसीसहित सात नेता नेकपाबाट निष्कासित 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने आम

तनहुँको व्यासमा साहित्यिक महोत्सव, बहुभाषिक सिर्जकहरू एकै मञ्चमा

तनहुँ– तनहुँको व्यास नगर प्रज्ञा परिषद्को आयोजनामा शुक्रबारदेखि व्यास नगर