तिलगंगालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीकाे प्रतिवद्धता | Khabarhub Khabarhub

तिलगंगालाई मानिक विश्वविद्यालय बनाउने प्रधानमन्त्रीकाे प्रतिवद्धता


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तिलगंगा आँखा केन्द्रलाई मानिक विश्वविद्यालयको रूपमा विकास गर्न प्रतिवद्धता व्यक्त गरेका छन् । शनिबार तिलगंगा आँखा केन्द्रका निर्देशक डा. सन्दूक रुइतले प्रधानमन्त्री प्रचण्डसँग भेट गर्ने क्रममा यससम्बन्धी चासो राखेपछि प्रधानमन्त्रीले उक्त प्रतिवद्धता व्यक्त गरेका हुन्  ‘मानिक विश्वविद्यालय बनाउने विषय अत्यन्तै सकारात्मक छ।’ उनले भने, ‘यससम्बन्धी आवश्यक नीतिगत सुधारका लागि आवश्यक पहल हुन्छ।’

भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले मानवीय सेवाका लागि डा. रुइतले हालैमात्र बहराइन सरकारद्वारा प्रदान हुँदै आएको ‘इसा अवार्ड’ प्राप्त गरेकोमा बधाइ दिँदै यो सम्मानले नेपालको शिर उँचो राखेको बताए । ‘यो अवार्डले देशकै सम्मान बढाएको छ। नेपालमा अन्तर्राष्ट्रियस्तरका दक्ष जनशक्ति छन भन्ने सन्देश दिएको छ’ उनले भने, ‘मानवीय सेवाका लागि तपाईंको योगदानको कदर देशकै कदर हो।’

प्रधानमन्त्री प्रचण्डले आँखाको उपचारका लागि सरकारका तर्फबाट आवश्यक अन्य सबै सहयोग गर्नेसमेत प्रतिवद्धता व्यक्त गरे । भेटका अवसरमा डा. रुइतले आँखा उपचारको क्षेत्रमा नेपालले नमुना काम गरेको बताउँदै मोतियाबिन्दुको उपचारका लागिसमेत नेपालमा नै औषधी उत्पादन गर्न सकिने सम्भावनाबारे चर्चा गरेका थिए ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  ७ : ५६ बजे

प्रधानमन्त्री भेट्दा मिस्रीको बसाइको आसन भाइरल, अरूसँग कसरी भेटे ? (तस्बिरहरू)

काठमाडौं– भारतीय विदेशी सचिव विक्रम मिस्री यतिबेला काठमाडौंमा राजनीतिक भेटघाटको

चाडपर्वको पूर्व सन्ध्यामा सडक यातायात र पूर्वाधारमा सुधार गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्वको पूर्व सन्ध्यामा सडक

फर्स्याइला भरत, ठट्टेउला मुन्धुमविद्

भरत तुङघङ र मेरो पहिलो प्रत्यक्ष भेटघाट संयोगले भएको थियो,

माइलस्टोनमा गृह मन्त्रालय सर्वोत्कृष्ट : लेखकको नेतृत्वमा पाँच वर्षयताकै प्रगति उच्च

काठमाडौं– नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको माइलस्टोनमा

पोखरामा बीवाईडीको नयाँ शोरूम र सिलायन ७ को शुभारम्भ

पोखरा– नेपालमा बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता साइमेक्स