स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न एकजुट हुनुपर्छ : प्रदेश प्रमुख खापुङ « Khabarhub

स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न एकजुट हुनुपर्छ : प्रदेश प्रमुख खापुङ


७ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रदेश नं १ प्रमुख पर्शुराम खापुङले स्वास्थ्य क्षेत्रका समस्या समाधान गर्न सम्बन्धित सबै निकाय एकजुट हुनुपर्नेमा जोड दिएका छन्। अरनिको हस्पिटल प्रालिको नवौँ साधारणसभामा उनले स्थानीय, प्रदेश, सङ्घीय सरकार साथै तमाम नागरिक र सङ्घसंस्थाले हालेमालो गरेर यस क्षेत्रको प्रवद्र्धन गर्नुपर्ने बताए ।

मोरङको उर्लाबारीमा अवस्थित हस्पिटलले सामाजिक र स्वास्थ्य क्षेत्रमा पु¥याएको योगदानको प्रशंसा गर्दै प्रदेश प्रमुख खापुङले आगामी दिनमा जनतालाई गुणस्तरीय सेवा दिएर जनमैत्री बन्न सुझाव दिए । सो अवसरमा समाजमा योगदान पु¥याउने सङ्घसंस्था र व्यक्तिलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा पूर्व नगरप्रमुख खड्ग फागो, सञ्चारकर्मी जग्गनाथ भट्टराई, सरोज बस्नेत, स्वास्थ्यकर्मी सन्दीप योङहाङ, कलाकर्मी मञ्जुल मितेरीलगायत छन् ।

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १० : ४२ बजे

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको