अमेरिकी बास्केटबल सुपरस्टार ग्रिनरको कथा | Khabarhub Khabarhub

अमेरिकी बास्केटबल सुपरस्टार ग्रिनरको कथा

रुसमा पक्राउ परेर रिहा भएपछि प्रतिक्षित बनेको सनसनी प्रदर्शन


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सन् २०२२ लाई हामीले बिदा गरेको पहिलो महिना बितीसकेको छैन । यस पहिलो महिनामा नै सन् २०२२ को समीक्षा हुने क्रम जारी छ । त्यसो त संसारका सबै देशका खेलाडीको उत्तिकै महत्त्व छ । त्यसका बाबजुद संसारको महाशक्ति भएकै कारण अमेरिकाको हरेक विषयले पृथक् महत्त्व बोक्ने गरेको छ । निःसन्देह पौडी, एथलेटिक्स, जिम्न्यास्टिक र बास्केटबलका स्टार अमेरिकाको पहिलो प्राथमिकता खेल हुन् ।

संसारका अर्थ राजनीति र भू–राजनीतिमा समेत अमेरिकी खेलकुदको उत्तिकै छ । खेलकुदमा चासो कर्पोरेट बादशाहका लागि अमेरिकी खेलकुद नै मुख्य चासोको विषय हो । संसारमा समानताको मुद्दा र आन्दोलन चलिरहेको समयमा अमेरिकाले यी सबै कुरालाई पार गर्दै अघि बढीसकेको छ । मान्छे मान्छे बिच कुनै भेदभाव स्वीकार्य हुँदैन भन्ने कुरा अमेरिकामा नै पहिलो पटक स्थापित भएको छ ।

सन् १९८० को दशकमा कार्ल लुइस सुपर अमेरिकनको रूपमा चिनिएको ४ दशक बितेको छैन । यो चार दशकमा यत्ति धेरै परिवर्तन भयो की एथलेटिक्स, बास्केटबल, गल्फ र जिम्न्यास्टिकमा अमेरिकी महिलाको प्रभाव र पकड देखियो । अझ भनौँ यसमा पनि अफ्रिकन अमेरिकी महिला छाए ।

अमेरिकी इतिहासमा नै अफ्रिकन अमेरिकन महिलालाई पछिल्लो समय खेल्ने वातावरण तयार भएको पौडी खेलमा समेत अहिले अफ्रिकन अमेरिकन महिलाको प्रभाव देखिएको छ । यो प्रभाव यत्तिमा सीमित भएन, संसारका सबै व्यक्तिलाई उत्तिकै महत्त्व दिने अमेरिकी नीति सही हो भन्ने पुष्टि गर्ने क्रममा धेरै स्टारले आफूलाई स्थापित गरे ।

अमेरिका त्यही देश हो , जसले कसैलाई पनि आश्रय दिन बाँकी राखेन । थुप्रै पिडा र यातना बोकेर अमेरिका पुग्नेहरूका छोराछोरीले नै आफूलाई स्टारको रूपमा स्थापित गराए । कुनै समय भियतनाम युद्धका कारण हमोङ समुदाय नै अमेरिका पुगेको थियो । त्यसै हमोङ समुदायकी सुनिसा ली गत टोकियो ओलम्पिकमा जिम्न्यास्टिकको अलराउण्डको स्वर्ण पदक जित्दै अमेरिकी खेलकुदमा नयाँ स्टारको रूपमा उदाएकी थिइन् ।

त्यसो त अमेरिकी खेल इतिहासमा चिनिया साम्राज्यको गैर मानव अधिकारीवादी गतिविधिका कारण त्यहाँ रहन नसकेर अमेरिका पुगेकी यीङ हस्ककी छोरी टोेरी हस्क अहिले अमेरिकाको स्टार पौडीबाज हुन् । लैङ्गिक पहिचानको आधारमा भेदभाव नगर्ने अमेरिका त्यही देशको हो । जुन देशका धेरै महिला पार्टनर नै राख्ने महिला खेलाडी पनि स्टार भएका छन् । यी मध्येकी एक ब्रेटनी ग्रिनर ।

अमेरिकी इतिहासकै सर्व कालीन उत्कृष्ट महिला बास्केटबल खेलाडी ग्रिनरले जीवनमा अनेक आरोह र अवरोह भोग्ने क्रममा यस वर्ष त्यस्तै भोगेकी छिन् । उनी अमेरिकाको मस्ट डेकोरेटेड खेलाडी मात्र होइन, डब्लूएनबीएको सबै भन्दा लामो समय मार्की खेलाडीको रूपमा रहने खेलाडी पनि हुन् ।

रुसले युक्रेनमा आक्रमण गर्ने केही दिन अगाडी मात्र १७ फेब्रुअरीका दिन मस्कोको सेर्मेटेभ्यो अन्तर्राष्ट्रिय विमानस्थलमा उनी गिरफ्तार भएकी हुन् । झोलामा भाङको तेल रहेको अभियोगमा उनलाई नौ वर्षको जेल सजाय समेत तोकिएको थियो ।

टेक्ससमा रेमन्ड र सान्टा ग्रीनरको कोखबाट १८ अक्टोबर १९९० मा उनको जन्म भएको हो । उनका बाबु पनि भियतनाम युद्धमा सरिक थिए । अमेरिकी सेनामा दैनिक दुई घण्टा सेवा गर्ने उनी पछिल्लो समय हाउस्टनको प्रहरी निकायको अधिकारी पनि भएका थिए ।

उनका बाबु एकदमै कडा स्वभावका थिए । बाबुले राखेको कडा नियमकै कारण धेरै पटक आफूलाई असुरक्षित महसुस गरेकी उनले धेरै पटक आफ्नै बायोग्राफीमा लेखेकी थिइन् । ६ फिट ९ इन्च अग्ली उनी बाल्यकाल देखि नै अग्लो कदका कारण चर्चामा थिइन् । तीनै ग्रीनर्स एकसे एक सफलता सहित अमेरिकाको सुपरस्टार भएकी हुन् ।

डब्लूएनबीएको अफ सिजनको समयमा उनी यूएमएमसीको तर्फबाट खेल्नका लागि मस्को गएकी थिइन् । त्यहीँबाट फर्कने क्रममा ग्रिनरलाई गिरफ्तार गरिएको हो । ग्रिनर फर्कने समयमा रुसले युक्रेनसँग युद्धको तयारी गरी रहेको थियो । यसै समयमा अमेरिका लगायत नाटो समर्थित देश र त्यहाँका नागरिक प्रति समेत रुसको हेर्ने दृष्टिकोण नै नकारात्मक थियो ।

अमेरिकाले गिरफ्तारी गलत भएको निष्कर्ष सहित ग्रिनर रिहा हुने अनुमान थियो । जुन महिनामा नै अमेरिका मात्र होइन संसार भरका खेल प्रेमीका लागि धक्काको महसुस गर्दै एउटा समाचार प्रकाशमा आएको थियो । उनी सहित अन्य अमेरिकी नागरिक ट्रेभर रेड र जाक्वीन कास्ट्रोलाई रिहा गर्नु पर्ने आवाज अमेरिकाले लगातार उठाउँदै आएको थियो ।

मे महिनामा अमेरिकाले उनको रिहाइका लागि नयाँ बाटो लिएको थियो । समलिङ्गी रहेकी ग्रिनर्सकी पार्टनर चार्लीले यसका लागि अमेरिकी सरकारसँग सम्पर्क गर्न थालिन् । यसै बिच डब्लूएनबीए टोली फोनीक्स मर्करीले पनि ग्रीनर्सको एक वर्षको तलब नि सर्त प्रदान गर्ने निर्णय गरेको थियो ।

२०२२ को जुलाईमा ग्रिनर्सले आफूले सम्पूर्ण कुरा गुमाएको, परिवार र टिमका सहकर्मी सबैलाई सम्झिएको तथा आफू एक्लो महसुस भएको भन्दै अमेरिकी सरकारलाई चिठ्ठी लेखेकी थिइन् । उनले टिमका साथीहरूसँगै आफ्नी पत्नीलाई पनि सम्झिएको बताइन् । उनले आफ्नो बाबुले भियतनाम युद्धमा समर्पित भएर अमेरिकाको निम्ति आफ्नो ज्यानको जोखिम लिएको समेत सम्झन सरकारलाई आग्रह गरेकी थिइन् ।

यसपछि नै अमेरिकी राष्ट्रपति जो वाइडेन र उप राष्ट्रपति कमला ह्यारिसले यो मुद्दालाई अझ गम्भीर रूपले लिएका थिए । जुलाई महिनामा नै भएको इएसपिआइ अवार्डको समयमा केही खेलाडीले ब्रिटनीलाई फिर्ता गराउन अमेरिकाले केही पहल गर्नु पर्ने आवाज उठाएका थिए ।

अगस्ट महिनामा रुसी अदालतले उनलाई नौ वर्षको जेल सजाय सुनाएको थियो । यसका लागि १० लाख रुबल जरिवाना समेत गराएको थियो । अक्टोबर महिनामा जेलमा नै भएको समयमा उनले ३२ औ जन्म सदन मनाएकी थिइन् ।

त्यस पछि विभिन्न चरणमा अमेरिकी सरकारको प्रयास पछि प्यानल कोलोनी मार्फत ब्रिटनी रिहा हुने घोषणा गरे । अमेरिकामा बन्धक बनाइएका रुसी सेना भिक्टर बाउटको साटो रुसले ब्रिटनीलाई छाडेको थियो । उनको रिहाइ पछि राष्ट्रपति वाइडेन, उपराष्ट्रपति ह्यारिस र ब्रेटनीको पत्नी चार्लीले मिलेर सबै अमेरिकीलाई जानकारी दिएका थिए ।

सोही समयमा वाइडेनले ब्रीटनीको खेलेर प्रशंसा गर्दै उत्कृष्ट अमेरिका बनाउने क्रममा महत्त्वपूर्ण योगदान गरेकाले उनको रिहाइ सरकारको चासो रहेको बताए ।

यी नै स्टार ९ डिसेम्बरका दिन आफ्नो घर फर्किएकी हुन् । घरमा आए पछि ब्रीटनीले आफ्ना कुरा समर्थकहरूसँग राखिन् । ‘ गएको १० महिना मैले एकदमै कठिनसँग बिताए यस समयमा मलाई साथ दिने सबैप्रति आभार व्यक्त गर्न चाहन्छु । यस समयमा मेरो पक्षमा वकालत गर्ने पत्नी चार्ली ग्रिनर सहित सबै प्रति आभार व्यक्त गर्न चाहन्छु,’ ब्रेटनीले भनेकी थिइन् ।

२०२२ को डिसेम्बरमा नै गिरफ्तार भएका अर्का एक अमेरिकी नागरिकलाई मुक्त गराउन सरकार लागि परेको छ । तर ग्रिनरको रिहाइ पछि अमेरिकाको डब्लुएनबीएमा फेरी एउटा नयाँ लहर उमङ्ग चलेको छ ।

त्यस विशाल देश अमेरिकाको साख भिन्न पृष्ठभूमिका व्यक्तिले बढाएका छन् । एथलेटिक्समा सुडानी आप्रवासीका छोरी एथिङ मु त्यहाँको स्टारको रूपमा उदाइ सकेकी छिन् ।

सबैलाई उचित अवर दिने अमेरिकाको यो निर्णय आप्रवासी, अफ्रिकन अमेरिकी र गेले समेत बारम्बार पुष्टि गरेका छन् । यसै क्रममा एउटी स्टार ग्रिनरको सनसनी झ केही वर्ष रहने छ ।

(श्रोत : युएइसन्यूज, बीबीसी, सिएनएन, ओलम्पिक च्यानल)

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  २ : ०६ बजे

भात नै पोखिएपछि माडको के आस ?

गुरु द्रोणाचार्यले महाभारत युद्धमा सहादत प्राप्त गरेपछि सेनापति कसलाई बनाउने

विजयोत्सव मनाउन ओली इलाम जाँदै

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज इलाम जाने

ओलीले दिए सुहाङलाई बधाइ, भन्छन्– ‘युवालाई अघि बढाउँछौँ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलाम क्षेत्र नम्बर

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज