अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १० जनाको मृत्यु « Khabarhub

अमेरिकाको क्यालिफोर्नियामा गोलीकाण्ड, १० जनाको मृत्यु


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकाको क्यालिफोर्निया राज्यमा रहेको एसियाली शहरमा भएको गोलीकाण्डमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । क्यालिफोर्निया राज्यको लस एन्जल्स नजिकै रहेको मोन्टेरी पार्कमा बन्दुकधारीले अन्धाधुन्द गोली चलाएको हो । घटनामा अरु कम्तीमा १० जना घाइते भएका छन् ।

स्थानीय समुदायले चन्द्रमासमा आधारित नयाँ वर्ष मनाइरहेका बेला मोन्टेरी पार्कमा रहेको नृत्यशालामा बन्दुकधारीले गोली चलाएको प्रहरीले जनाएको छ ।

लस एन्जलस काउन्टीको शेरिफ डिपार्टमेन्टका कप्तान एन्ड्रयु मेयर्सका अनुसार घटनाबारे सुरक्षा अधिकारीहरुलाई स्थानीय समयअनुसार शनिबार राति १० बजेर २० मिनेट जाँदा आपतकालिन कल आएको थियो ।

उनले भने, “अधिकारीहरू त्यस स्थानमा प्रवेश गर्दा केही मृतक र घाइतेहरू घटनास्थलमा थिए ।”

“मोन्टेरी पार्कको फायर डिपार्टमेन्टका अधिकारीले घटनास्थलमा पुगी घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाएका थिए भने १० जनालाई घटनास्थलमा मृत भेटिएको थियो’’ मेयर्सले भने । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ ।

लस एन्जल्स शहरबाट करिब १३ किलोमिटर पूर्वमा रहेको मोन्टेरी पार्कमा ठूलो सङ्ख्यामा एशियालीहरूको बसोबास छ ।

मोन्टेरी पार्कमा करिब ६१ हजार मानिसहरू बस्छन् । जसमध्ये अधिकांश एसियाली वा एसियाली मुलका अमेरिकी रहेको जनाइएको छ ।

 

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ६ : ५१ बजे

मनोहरा खोलामा बाढीको बहाव बढ्दा किनारका बस्तीमा त्रास (तस्बिरसहित)

भक्तपुर – सोमबार परेको वर्षाका कारण भक्तपुरस्थित मनोहरा खोलामा बाढीको

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रहरीको ‘टिमुरे टु त्रिवेणी’ अभियान

काठमाडौं – नेपाल प्रहरीले भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको दैनिकी

ट्राफिक सचेतना कार्यक्रमले सवारी दुर्घटना घट्यो

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सञ्चालन गर्दै आएको

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं – गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

तीजमा अप्रिय घटना रोक्न प्रहरी सक्रिय, ७७ जना नियन्त्रणमा

काठमाडौं – हरितालिका तीजका अवसरमा काठमाडौं प्रहरीले अवाञ्छित तथा आपराधिक