भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित « Khabarhub

भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका छन् । जम्मु कश्मीरको सरकारले आर्थिक अुनदान तथा प्राविधिक तालिम र अन्य सहयोग बढाएसँगै किसान कुखुरापालनतर्फ आकर्षित हुन थालेका हुन् ।

नयाँ प्रविधिको पहुँच, राज्यमा मध्यम वर्गको विस्तार र मानिसहरुको खानपानमा आएको बदलावका कारण जम्मु कश्मीरमा कुखुरा व्यवसाय फस्टाउँदै गएको डेली गुड मर्निङ कश्मीरको अनलाइन संस्करणले जनाएको छ । राज्यमा कुखुरापालन व्यवसाय मासुजन्य खानेकुरा र आयको राम्रो स्रोत बन्दै गएको बताइएको छ । यसबाट राज्यमा आर्थिक कारोबार पनि बढेको छ ।

जम्मु कश्मीरको कृषि उत्पादन विभागका महासचिव अटल दुल्लोले दिएको जानकारीअनुसार हाल जम्मु कश्मीरमा हरेक वर्ष १२ अर्ब ७३ करोड भारतीय रुपैयाँ बराबरको कुखुराजन्य वस्तु अन्य राज्यबाट आयात हुने गरेको छ । राज्यमा कुखुरापालन व्यवसायलाई अझ विस्तार गर्न सके अन्य राज्यबाट हुने कुखुराजन्य वस्तुको आयात घटाउन सकिने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ८ : ५४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच