महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह | Khabarhub Khabarhub

महिलालाई काममा बन्देज गर्ने निर्णय पुनर्विचार गर्न तालिबानलाई ओआईसीको आग्रह


८ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इस्लामिक मुलुकहरुको अन्तर्राष्ट्रिय संस्था इस्लामिक सहयोग संगठन ओआईसीले अफगानिस्तानमा शासन चलाइरहेको तालिबानलाई गैर सरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाउने निर्णयबारे पुनर्विचार गर्न आग्रह गरेको छ ।

ओआईसीले महिलालाई गैर सरकारी संस्था र विद्यालयबाट बञ्चित गर्नु ‘अल्लाहका दूत र इस्लामिक कानूनको भावनाविपरीत’ रहेको भन्दै निर्णय पुनर्विचार गर्न तालिबानसमक्ष आग्रह गरेको हो ।

यसबाहेक ओआईसीले अफगानिस्तानमा मानवीय अवस्था अझ खराब बन्दै गएको भन्दै चिन्ता प्रकट गरेको छ । अफगानिस्तानको टोलो न्युजका अनुसार ओआईसीले तालिबानसमक्ष मानव अधिकारका साथै महिला र बालबालिकाको अधिकारको सम्मान गर्न पनि आह्वान गरेको छ ।
सन् २०२१ को अगस्ट महिनामा तालिबानले सत्ता कब्जा गरेसँगै अफगानिस्तानमा महिला अधिकार हनन् र मानवीय संकट अझ बढ्दै गएको सन्दर्भमा ओआईसीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो ।

प्रकाशित मिति : ८ माघ २०७९, आइतबार  ९ : १४ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’