निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली? | Khabarhub Khabarhub

निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणाली आज नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ।

आज साँझबाट सुदूरपश्चिम हुँदै प्रवेश गर्ने प्रणालीले राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यो क्रम पर्सि बुधबारसम्म जारी रहने महाशाखाले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महाशाखाकाअनुसार भोलि लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पर्सि बुधबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

तराईलगायत देशभरका अधिकांश ठाउँमा बिहान साँझ हुस्सु र कुहिरो लाग्ने क्रम बढ्दो क्रममा रहेको छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ३७ बजे

सम्बन्ध सुधार्ने प्रयासमा भारत र चीन

काठमाडौं– नेपालका दुई छिमेकी तथा परम्परागत प्रतिस्पर्धी मुलुकहरु भारत र

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

पाल्पा- वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि यहाँका किसान टिमुरखेतीमा आकर्षित भएका

सिँचाइमा क्षति हुँदा खेतबारी बाँझै

पाँचथर– एक दशकअघि तमोर कोरिडोरको ट्रयाक खोल्ने क्रममा टारी कुलो

जन्मोत्सव मनाउने क्रममा विवादमा यामल

काठमाडौं – आफ्नो १८ औं जन्म दिन मनाउने क्रममा होचा

चन्दा सङ्कलनबाट २७ किलोमिटर पदमार्ग निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ को धार्मिक पर्यटकीयस्थल खयरबाराही (खयरभारानी) ताल