निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली? « Khabarhub

निम्न चापीय प्रणाली आजै नेपाल प्रवेश गर्ने, कहाँ हुँदैछ बदली?


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी निम्न चापीय प्रणाली आज नेपाल प्रवेश गर्ने सम्भावना रहेको छ।

आज साँझबाट सुदूरपश्चिम हुँदै प्रवेश गर्ने प्रणालीले राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना पनि रहेको छ। यो क्रम पर्सि बुधबारसम्म जारी रहने महाशाखाले आज बिहान निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

महाशाखाकाअनुसार भोलि लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने पर्सि बुधबार राति भने प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ।

तराईलगायत देशभरका अधिकांश ठाउँमा बिहान साँझ हुस्सु र कुहिरो लाग्ने क्रम बढ्दो क्रममा रहेको छ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ३७ बजे

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि विभिन्न

चार करोड ३८ लाख भुरा उत्पादन

जनकपुरधाम– यहाँस्थित मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले

भत्किएको तीन वर्षपछि बिरिङमा नयाँ पुल निर्माण सुरु

भद्रपुर– तीन वर्षअघि बाढीले क्षति पुर्याएको अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ