सपथ लिएसँगै सिलवालले भने- जागिर खान राखेप सदस्य सचिव भएको होइन « Khabarhub

सपथ लिएसँगै सिलवालले भने- जागिर खान राखेप सदस्य सचिव भएको होइन


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेशकुमार सिलवाल नियुक्त भएका छन्।

सिलवालले सोमबार मन्त्रीस्तरीय निर्णयबाट राखेपको जिम्मेवारी पाएका हुन्। गत असार ९ गते केशवकुमार बिष्टको ४ वर्षे कार्यकाल सकिएपछि रिक्त पदमा नियुक्त भएका सिलवालले सोमबार दिउँसो नै सपथ लिएका छन्।

उनलाई खेलकुद मन्त्री जगतबाहादुर विश्वकर्माले पद तथा गोपनियताको सपथ गराएका हुन्। सदस्यसचिवको जिम्मेवारी पाएपछि उनले आफू जागिर खान खेलकुद परिषद्को सदस्यसचिव नभएको बताए।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) नजिक आइरहेकाले भन्दै उनले आफूमाथि अवसर र चुनौती दुबै रहेको बताए । यसका लागि आफूले रुटिङ बनाएर काम गर्ने बताए ।

दुई पटक सरिसकेको साग आगामी मंसिर १५ देखि काठमाडौं र पोखरामा हुने तय छ। त्यसका लागि ठोस काम अघि बढेको छैन।

सिलवाल यसअघि २०७२ मा राष्ट्रिय खेलकुद परिषदले गठन गरेको विवादित नेपाल क्रिकेट संघको तथर्द समितिका अध्यक्ष थिए। त्यसअघि २०६३ मा उनी क्यानको सदस्य थिए।

उनले तत्कालीन क्यानको क्षेत्र नम्बर २ को संयोजकको जिम्मेवारी समेत पाएका थिए। सिलवाल मदन भण्डारी स्पोर्ट्स एकेडेमीका पूर्वअध्यक्ष समेत हुन्। तत्कालीन एमालेका ओलीनिकट खेलकर्मीहरू मदन भण्डारी स्पोर्ट्स एकेडेमीमा आबद्ध छन्।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ४ : ४५ बजे

मुस्ताङका थकालीले आचारसंहिता पालना गर्दै तोरन्ल पर्व मनाउने

मुस्ताङ– आइतबारदेखि मुस्ताङमा सुरु हुने थकालीहरूको सांस्कृतिक तोरन्ल पर्व निर्वाचन

बहराइन, कतार, कुवेत र यूएईमा पनि हमला

काठमाडौं– इरानले बहराइन, कुवेत, यूएई र कतारमा मिसाइल प्रहार गरेको

जेन-जी आन्दोलनमा जलेको रातो मछिन्द्रनाथको रथको पाङ्ग्रा पुनर्निर्माण (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा आगलागीबाट क्षतिग्रस्त बनेको रातो मछिन्द्रनाथको रथ

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन