पोखरापछि मानसरोवर जहाज चलाउँदै नाट्टा बाँके च्याप्टर « Khabarhub

पोखरापछि मानसरोवर जहाज चलाउँदै नाट्टा बाँके च्याप्टर


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


666
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपाल एशोसिएसन अफ टूर एण्ट ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरले पोखरापछि नेपालगञ्जबाट मानसरोवर जहाज चलाउने भएको छ । माघ १६ गतेदेखि नाट्टा बाँके च्याप्टरले नेपालगञ्जबाट मानसरोवर माउन्टेन फ्लाइट गर्ने भएको हो ।

यसअघि नाट्टाले नेपालगञ्जदेखि पोखरा जहाज चलाएर ‘ब्रेक–थ्रू’ गरेको थियो । एक महिनासम्म सीता एयरको जहाज चार्टर्ड गरेर नाट्टा बाँके च्याप्टरले पोखरा उडान गरेको थियो । नाट्टाको पहल सफल भएपछि बुद्ध एयरले अहिले नेपालगञ्ज–पोखरा उडान गर्दै आएको छ । नेपालगञ्ज–पोखरा उडानले भारतीय तथा नेपाली पर्यटकलाई ठूलो राहत दिएको छ । जसको सुरुवाती जोखिम र पहल नाट्टा बाँके च्याप्टरले उठाएको थियो ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष श्रीराम सिग्देलको पहलमा पोखराको सफल उडानपछि मानसरोवर उडान भर्न लागिएको हो । जसको सुरुवात माघ १६ गते वेष्टर्न ट्राभल मार्टबाट हुनेछ । १६ गते बुद्ध एयरको जहाज भाडामा लिएर नाट्टा बाँके च्याप्टरले नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट गर्न लागेको हो ।

यसका लागि नाट्टा बाँके च्याप्टरले बुद्ध एयरसँग सम्झौता गरिसकेको छ । पहिलो चरणको उडानमा भारतका झण्डै ७० जना उच्च तहका पर्यटन व्यवसायीले जहाजबाट कैलाश मानसरोवर दर्शन गर्नेछन् ।

वेष्टर्न ट्राभल मार्टका क्रममा नाट्टा बाँके च्याप्टरले दोस्रो योजनाका रुपमा मानसरोवर उडान सफल गराउने उद्धेश्य बोकेको छ । पोखराको उफल उडानपछि अहिले नेपालगञ्ज आएका भारतीय पर्यटक सजिलै पोखरा आउने र फर्किने क्रम बढेको छ ।

भारतीय पर्यटकले पोखराभन्दा पनि मानसरोवरलाई अझ ठूलो र धार्मिक रुपमा विशेष गन्तव्यका रुपमा लिने गर्छन् । उनीहरुको त्यो चाहना पुरा गर्नुका साथै कैलाश मानसरोवर दर्शनलाई सहज बनाउन नाट्टा बाँके च्याप्टरले मानसरोवर माउन्टेन फ्लाइट गर्न लागेको अध्यक्ष श्रीराम सिग्देलले बताए ।

‘धेरैले नेपालगञ्ज–पोखरा उडानलाई सामान्य ठानेका थिए । तर हामीले जोखिम उठाएर ब्रेकथ्रू पनि गर्यौ । नाट्टाको पहलले गर्दा नै अहिले नेपालगञ्ज–पोखरा उडान भइरहेको छ’ नाट्टा बाँके च्याप्टरका अध्यक्ष सिग्देलले भने, ‘अब दोस्रो पहल मानसरोवर हुँदैछ । नाट्टा बाँके च्याप्टरकै पहलमा नेपालगञ्ज–मानसरोवर माउन्टेन फ्लाइट हुँदैछ । सबैको साथ पाएमा माउन्टेन फ्लाइट निरन्तर गर्नेछौँ ।’

नाट्टा बाँके च्याप्टरले नै पश्चिम नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न पर्यटन बोर्डसँगको सहकार्यमा वेष्टर्न ट्राभल मार्ट सुरु गरेको हो । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम क्षेत्रका पर्यटकीय क्षेत्रको प्रवर्द्धन र पूर्वाधार विकासका लागि नाट्टा बाँके च्याप्टरले अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ४७ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र