विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो | Khabarhub Khabarhub

विमान दुर्घटना : ६० जनाको शव सम्बन्धित परिवारलाई बुझाइयो


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पोखरामा विमान दुर्घटनामा मृत्यु भएका यात्रुमध्ये ६० यात्रुको शव सम्बन्धित परिवारलाई बुझाइएको छ ।

यती एयरलाइन्सले आज एक विज्ञप्ति जारी गरी दुर्घटनामा मृत्यु भएका ७० शवमध्ये ६० जनाको शव परीक्षण गरेर सम्बन्धित परिवारलाई बुझाइएको बताएको छ । ‘आजसम्म ७० जनाको शव पोस्टमार्टम भइसकेको र ६० जनाको शव (काठमाडौँपोखरा) बाट सम्बन्धित परिवारलाई हस्तान्तरण गरिसकेका छौँ’,  यती एयरलाइन्सद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जको फरेन्सिक मेडिसिन विभागका अनुसार सनाखत भएका चार जनाको शव हस्तान्तरण गर्न बाँकी रहेको र सनाखत नभएका छ जनाको शव सनाखत गरी हस्तान्तरण गर्ने प्रक्रियामा रहेका छन् । हराइरहेका दुई जनाको शव भने खोजी कार्य भइरहेको बताइएको छ ।

यस्तै, घटनास्थलबाट संकलन गरी फरेन्सिक विभागमा ल्याइएका मानव अंगको डिएनए परीक्षण कार्य भइरहेको एयरलाइन्सले जनाएको छ ।

विमान दुर्घटनाको कठिन परिस्थितिमा मृतकको परिवार तथा आफन्तलाई प्रक्रिया पूरा नहुञ्जेलसम्म धैर्यधारण गरी सहयोग गरिदिनुहुन एयरलाइन्सले अनुरोध गरेको छ । 

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ७ : ५२ बजे

पूर्व प्रधानमन्त्री खनाल चीन प्रस्थान

काठमाडौं– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल

जन्मदिन मनाउँदै पूर्वराजा : निर्मल निवासमा शुभकामना दिनेको लाइन (तस्बिरहरू)

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाइरहेका छन् ।

पर्यटनमन्त्री पाण्डे फ्रान्स प्रस्थान

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वर्ल्ड  हेरिटेज

देशभरका अस्पतालमा आकस्मिकबाहेकका सबै सेवा ठप्प, बिरामी मर्कामा 

काठमाडौं– उपभोक्ता अदालतको फैसलाबिरुद्ध आन्दोलनरत नेपाल चिकित्सक संघले सोमबार देशभरका

एएफसी क्वालफायर खेलेर फर्कियो महिला फुटबल टोली (तस्बिरहरू)

काठमाडौं– एएफसी क्वालफायर खेलेर नेपाली राष्ट्रिय महिला फुटबल टोली स्वदेश