बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा : मन्त्री गिरी « Khabarhub

बाँकेमा फैलिएको दादुरा छिट्टै नियन्त्रणमा : मन्त्री गिरी


९ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले बाँकेमा फैलिएको दादुरा छिट्टै नै नियन्त्रणमा आउने बताएका छन् । स्वास्थ्य पत्रकार मञ्चले आज यहाँ गरेको भेटघाट कार्यक्रममा उनले दादुराको प्रकोप नियन्त्रण आउने प्रयासमा रहेको भन्दै एक महिनाभित्र दादुराको प्रकोप नियन्त्रणमा आउने बताए । “बाँकेमा फैलिएको दादुराको अवस्थाबारे मैले हिजोमात्र बुझेर आएको छु, दादुरा विरुद्धको खोप कार्यक्रम त्यहाँ अहिले प्रभावकारी रूपमा अगाडि बढेको छ”, उनले भने, “दादुरा नियन्त्रणमा आउने स्थिति रहेको छ । एक महिनामा नियन्त्रणमा आउने छ भन्ने हामीलाई विश्वास छ ।”

उनले स्थानीय जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेविकालाई कुनै पनि घर नछुटाइकन बालबालिकालाई दादुरा विरुद्धको खोप लगाउन निर्देशन दिएको बताए । मन्त्री गिरीले बाँके हुँदै अन्य ठाउँमा पनि दादुराको प्रकोप फैलिन थालेपछि चिन्ताको विषय भएको बताए । मन्त्री गिरी गुणस्तरीय स्वास्थ्य सेवाका लागि देशैभरका अस्पतालको पूर्वाधारको बारेमा वैज्ञानिक अध्ययन गरी पूर्वाधार बनाइने बताए

“देशभरका अस्पतालको पूर्वाधार कुन अवस्थामा कस्तो रहेको छ भन्नेबारेमा हामी अध्ययन गर्दछौँ र कार्ययोजना बनाई पूर्वाधार विकासमा जोड दिन्छौँ”, उनले भने, “आधारभूत अस्पतालका भवन बन्ने प्रक्रियामा छन् । ती भवनलाई समयमा नै सम्पन्न गरिने छ ।”

उनले दूरदराजमा जनशक्ति पु¥याउन नसकिने, चिकित्सक जान तयार नहुने जस्ता समस्या देखिएको भन्दै जनशक्तिको ठोस कार्ययोजना बनाई व्यवस्थापन गरिने भनाइ राखे । उनले खरिद प्रक्रियामा कहीँ पनि ‘सेटिङ’ हुन नदिने प्रतिबद्धता व्यक्त गरे। “प्रत्येक कुरामा पारदर्शी हुन्छ । जनताको थोपाथोपाबाट सङ्कलन गरिएको राजस्वलाई कहीँ कतैबाट दुरुपयोग हुने दिइने छैन”, उनले भने ।

स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्यवन गरिने उनको भनाइ थियो । मञ्चका अध्यक्ष रामप्रसाद न्यौपानेले स्वास्थ्य क्षेत्रमा देखिएका विकृति विसङ्गति हटाउनुपर्ने बताए ।

प्रकाशित मिति : ९ माघ २०७९, सोमबार  ८ : ११ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि