छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार « Khabarhub

छोरा पढाउन सहर पसेर पानीपुरीको व्यापार


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

भजनी– हरेक आमाबाबुको इच्छा हुन्छ सन्तानलाई कम्तीमा राम्रो शिक्षा दिन सकौँ । यसका लागि पायकमै राम्रो विद्यालय होस् भन्ने चाहना पनि हुन्छ । तर सबैले भने जस्तो हुँदैन । गुणस्तरीय शिक्षाका लागि टाढासम्म जानुपर्ने बाध्यता अझै पनि छ । अभिभावकहरु राम्रा विद्यालयको खोजीमा सहर पस्न बाध्य भइरहेको घटना नौला होइनन् । त्यसैमध्येकी एक हुन, कालीकोट पचाल झरना गाउँपालिका-५ कि दुर्गा बुढा

बुढाका तीन जना छोरा छन् । गाउँमा भने जस्तो विद्यालय नभएपछि उनी यतिबेला कैलालीको टीकापुर झरेकी छिन् । उनले कालीकोटको घर, जग्गा र व्यापार सबै छोडेर सहर झरेकी हुन् । गाउँमा छँदा चिया पसल, खेतीपाती, दुई भैँसी, एक घोडा र बाह्र खच्चर एक्लैले सम्हालेकी उनले त्यो बेलामा मासिक ३० देखि ४० हजारसम्म कमाउँथिन् ।

‘गाउँमा कमाइ राम्रो भए पनि विद्यालय भने जस्तो नभएपछि छोरालाई लिएर टीकापुर पठाएकी थिएँ’, उनले भनिन्, ‘यहाँ बस्दा पढाइ र होस्टेलका लागि मासिक २० देखि २५ हजारसम्म खर्च हुने गरेको थियो ।’ तर छोराहरुले होस्टेलको खानामा गुनासो गरेपछि आफै टीकापुर आएको उनले सुनाइन् ।

‘टीकापुर आएपछि कमाउने आधारहरू सबै सकिए । गाउँको चिया पसल गुम्यो । खेतबारी पनि उजाड बन्यो । निकै मिहिनेतले बनाएको घर अलपत्र पर्‍यो भने आम्दानीका सबै स्रोत पनि सुके’, उनले भनिन्।

नयाँ आम्दानीको स्रोतका लागि उनले पानीपुरी र चटपटेको व्यापार सुरु गरिन्। जेठो छोरा एसइई उत्तीर्ण गरी अहिले काठमाडौँमा कक्षा ११ मा पढिरहेको छ । दुई छोरा टीकापुरमै एउटा ७ मा र अर्को ५ मा अध्ययन गरिरहेका छन् । बाख्रा बेचेको पैसाबाट एउटा ठेला किनेर पानी पुरी र चटपटेको व्यापार सुरु गरेकी दुर्गालाई अहिले पहिलेको जस्तो चिन्ता भने छैन । 

‘दैनिक एक हजारको हाराहारीमा कमाइ हुन्छ । महिनामा २५ हजारसम्म बचत हुन्छ’, दुर्गाले भनिन्, ‘काठमाडौँ छोरालाई मासिक १२ देखि १५ हजार पठाउनुपर्छ । त्यस्तै मेरो कमाइले परिवार पालिएको छ ।’

 

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  २ : २५ बजे

समुदायलाई अग्नि नियन्त्रण प्रशिक्षण

नवलपुर– नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा अचानक हुने आगलागीको घटना नियन्त्रणसम्बन्धी प्रशिक्षण

फिर्के खोलामाथिका संरचनामा धमाधम डोजर (तस्बिरहरू)

काठमाडौं– पोखरा महानगरपालिकाले फिर्के खोला मिचेर निर्माण गरिएका संरचनाहरू हटाउने

‘प्रतिनिधिसभा निर्वाचन–२०८२ सफल बनाउन सबैको भूमिका महत्वपूर्ण’

मोरङ– गत प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष एवं भयरहित वातावरणमा

जेठ १ बाट प्रदर्शनमा आएका दुवै फिल्मको व्यापार कमजोर

काठमाडौं – जेठ १ बाट प्रदर्शनमा आएका ‘लाइफ ड्यामेज’ र

योग समितिमा पुनः डा भट्टराई निर्वाचित

नेपालगन्ज– योग समिति नेपाल केन्द्रीय समिति, नेपालगन्जको अध्यक्षमा पुनः योगगुरु