को हुन् दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने चो इन गुक ? | Khabarhub Khabarhub

को हुन् दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया जाने चो इन गुक ?


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोल– दक्षिण कोरियाबाट भागेर एक जना उत्तर कोरिया पुगेका छन् । दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दक्षिण कोरियाली नागरिक चो इन गुकलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा उत्तर कोरियाली अधिकारीले स्वागत गरेका थिए ।

उत्तर कोरिया पुगेका चो यसअघि दक्षिण कोरियाबाट भागेर उत्तर कोरिया पुगेका दुई कुटनीतिज्ञका छोरा रहेको जनाइएको छ । अब उनी उत्तर कोरियाका लागि कोरियाली एकीकरणका विषयमा काम गर्ने उत्तर कोरियाली सञ्चारमाध्यमले जनाएको छ ।

उत्तर कोरियाबाट दक्षिण कोरिया भागेर आउनु स्वभाविक भएपनि दक्षिण कोरियाबाट उत्तर कोरिया भागेर जाने घटना निकै दुर्लभ हुने बताइन्छ । दुई मुलुक अझै पनि युद्धकै अवस्थामा रहेकाले दक्षिण कोरियालीलाई उत्तर कोरिया जान अनुमति चाहिन्छ । तर, चोले उत्तर कोरिया जान दक्षिण कोरियाबाट अनुमति नलिएको दक्षिण कोरियाको एकीकरण मन्त्रालयले जनाएको छ ।

दक्षिण कोरियाबाट उनी कसरी उत्तर कोरिया पुगे भन्ने स्पष्ट नभएपनि उनी चीनबाट त्यहाँ पुगेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनले उत्तर कोरिया जाँदा दक्षिण कोरियाली अनुमति नलिएर कानून उल्लङ्घन गरेकाले उनी त्यहाँबाट फर्केपनि दक्षिण कोरियामा पक्राउ पर्नसक्ने जनाइएको छ ।

को हुन् चो इन गुक ?

७३ वर्षे दक्षिण कोरियाली नागरिक चो इन गुकको राजनीतिक तथा व्यक्तिगत जीवनबारे स्पष्ट छैन । उनका श्रीमती तथा सन्तान दक्षिण कोरियामै छन् । यद्यपि उनका बाबुआमा भने कोरियाली युद्धपछि दक्षिण कोरियाबाट उत्तर कोरिया भागेर जाने वरिष्ठ कुटनीतिज्ञहरु हुन् । उनका बाबु चो टोक सिनले सन् ६० को दशकमा दक्षिण कोरियाली विदेशमन्त्रीको रुपमा काम गरेका थिए ।

तत्कालिन दक्षिण कोरियाली सैन्य शासक पार्क चुङ हीको तानाशाही शासनको कट्टर आलोचक चो टोक सिन सन् ७० को दशकमा अमेरिकामा शरण लिएका थिए । त्यसपछि सन् १९८६ मा उनी र उनकी श्रीमती अमेरिकाबाट भागेर उत्तर कोरियामा शरण लिन गएका थिए । त्यसबेला उनीहरुका पाँच सन्तान भने दक्षिण कोरियामै थिए ।

ती पाँच सन्तानमध्येका चो इन गुक दक्षिण कोरियामा ‘देशद्रोहीको सन्तान’ का रुपमा रहेका कारण उनले जागीर नपाएको तथा सामाजिक बहिष्करणमा परेको बताइन्छ । चो इन गुक पछिल्ला केही वर्षयता उत्तर कोरियाको नियमित भ्रमणमा जाने गरेका थिए । पछिल्लो समय सन् २०१६ मा आफ्नी आमाको निधन भएका बेला अन्त्येष्टीका लागि उनी उत्तर कोरिया पुगेका थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ५ : ३६ बजे

फापरखेतीमा कृषकको आकर्षण बढ्दो

मुगु– यहाँका गाउँघरमा फापरखेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ ।

मेची खोलामा डुबेर पुरुषको मृत्यु

भद्रपुर– यहाँको भद्रपुर नगरपालिका–३, भैसाबाडीस्थित मेची खोलामा डुबेर एक पुरुषको

नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुरमा नक्कली भारतीय मुद्रासहित पाँच जना पक्राउ परेका छन्

दोधारा–चाँदनी सुक्खा बन्दरगाह प्रधानमन्त्रीको भारत भ्रमणमा शिलान्यास हुन्छ : गृहमन्त्री 

दोधारा चाँदनी– गृहमन्त्री रमेश लेखकले दोधारा–चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाह

थाइल्याण्डका भावी प्रधानमन्त्रीद्वारा नयाँ चुनावी प्रतिबद्धता

बैङ्कक- थाइल्याण्डका नयाँ प्रधानमन्त्रीले गठबन्धनमा फुटपछि बनेको अन्तरिम सरकारले नयाँ