संसदमा विवाद भएपछि कुवेतको सरकार ढल्यो « Khabarhub

संसदमा विवाद भएपछि कुवेतको सरकार ढल्यो


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- विपक्षी नेतृत्वसँग संसदमा विवाद भएपछि कुवेतमा सरकार ढलेको छ । संसदमा विवाद उत्पन्न भएपछि कुवेतको मन्त्रिपरिषद्ले राजीनामा दिएको हो ।

प्रधानमन्त्री शेख अहमद नवाफ अल अहमद अल सबाहले युवराज शेख मेसल अल अहमद अल जाबेर अल सबाहसमक्ष राजीनामा पेश गरेको सरकारी समाचार संस्था कुनाले जनाएको छ ।

कार्यपालिका र व्यवस्थापिकाबीचको गतिरोधका कारण मन्त्रिपरिषद्ले राजीनामा दिएको कुनाले मन्त्रिपरिषद्को विज्ञप्ति उद्धृत गर्दै जानकारी दिएको छ । यद्यपि विवादबारे विस्तृत विवरण भने दिइएको छैन । संसद्को बैठक आजका निम्ति बोलाइएको थियो ।

गत अक्टोबरमा सपथ लिएको निवर्तमान मन्त्रिपरिषद् बितेका तीन वर्षमा छैटौँ हो । एक दशकपछि गत सेप्टेम्बरमा कुवेतमा निर्वाचन भएको थियो । निर्वाचनपछि विपक्षीको नेतृत्वमा संसद् गठन भएको थियो ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ४ : ४३ बजे

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार

पन्ध्रौं महाधिवेशन नेतृत्व छान्ने मात्रै होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर

काठमाडौं– नेपाली कांग्रेसका नेता एवम् महामन्त्री पदका दाबेदार नैनसिंह महरले