नबिल बन्यो आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंक « Khabarhub

नबिल बन्यो आठौँपटक सबैभन्दा बढी कर तिर्ने बैंक


१ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नबिल बैंक लिमिटेड यो वर्ष पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भएको छ । सरकारले राष्ट्रिय कर दिवस अवसरमा क्षेत्रगत रूपमा धेरै कर बुझाउने करदाताहरूलाई सम्मान गर्दै आएकोमा नबिल बैंकले बैंक, वित्तीय संस्था र बीमा कारोबार क्षेत्रतर्फ आठौँपटक यो सम्मान प्राप्त गरेको हो ।

कर दिवस अवसरमा यो वर्ष पनि आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने बैंकको रूपमा नबिल बैंकलाई प्रमाणपत्रसहित सम्मान गरिएको हो । शनिबार आन्तरिक राजस्व विभागमा भएको विशेष कार्यक्रमबीच अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नबिल बैंकलाई पुरस्कृत गरे । उक्त कार्यक्रममा नबिल बैंकका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले सम्मान ग्रहण गरे ।

नेपाल सरकारले हरेक वर्ष वित्तीय संस्थासहित विभिन्न विधाबाट सबैभन्दा बढी कर तिर्ने संस्था तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ । यसअघि आर्थिक वर्ष २०६७/६८, २०७०/७१, २०७१/७२, २०७३/७४, २०७५/७६, २०७६/७७ र २०७७/७८ को विवरणको आधारमा पनि नबिलले सबैभन्दा बढी कर तिर्ने बैंकको सम्मान पाएको थियो ।

नबिल बैंक लिमिटेड नेपालको एक अग्रणी बैंक हो। यो बैंकले जिम्मेवार संस्थाको रूपमा समग्र देश तथा समाजको विकासमा योगदान गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

नबिलले २४ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२० एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्दै आएको जनाएको छ । नेपाली बैंकिङ क्षेत्रमा नवीनतम सेवा सुरुवात गर्न नबिल बैंकले अग्रणी भूमिका खेल्दै आएको छ ।

प्रकाशित मिति : १ मंसिर २०८१, शनिबार  २ : १८ बजे

रास्वपाले टुंग्यायो ३३ क्षेत्रका उम्मेदवार

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

यसरी छानिँदै छ निर्वाचन प्रहरी (तस्बिरहरू)

काठमाडौं– सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयहरूमा दरखास्त फाराम दर्ता

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको