बाजुरा भूकम्प : माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु | Khabarhub Khabarhub

बाजुरा भूकम्प : माथिबाट खसेको ढुंगा लागेर एक जनाको मृत्यु


१० माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार दिउँसो बाजुराको हिमाली गाउँपालिका केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार बाजुराको गौमुल गाउपालिका–२ की जमुना रोकायाको मृत्यु भएको हो । भूकम्पको समयमा माथिबाट खसेको ढुंगा लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताए ।

उनका अनुसार गौमुल गाउँपालिका–१ मा भेडा चराउन गएका ३५ वर्षीय राजदल बोहरा पनि ढुंगा लागेर घाइते भएका छन् । उनका ३० भेडा, बाख्रा मरेको सूचना आएको प्रहरी प्रमुख थापाले बताए ।

उनका अनुसार हालसम्म बाजुरामा भूकम्पका कारण ३० घरमा क्षति भएको विवरण प्राप्त भएको छ । जसमा केही घरमा पूर्णरुपमा क्षति पुगेको र केही घरमा आंशिक क्षति पुगेको विवरण आए पनि पूर्ण विवरण नआइसकेको उनले बताए ।

बाजुरामा भएको भूकम्पको क्षतिको विवरण संकलनका लागि जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोर ऐरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र पहरी सहितको टोली परिचालन गरिएको छ ।

प्रकाशित मिति : १० माघ २०७९, मंगलबार  ६ : २० बजे

बाढी र पहिरोले पाँच राजमार्ग अवरुद्ध

काठमाडौं – बाढी र पहिरोका कारण आज देशका विभिन्न पाँच

‘खेलको माध्यमबाट खेलाडी आयआर्जन गर्ने अवस्था बनिरहेको छ’

मोरङ– युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेलाडीलाई खेलको माध्यमबाट

पर्यटकको गन्तव्य बाजुराको ‘वीरेखोला झरना’ 

धनगडी – समयसँगै मानव स्वभाव र रुचिहरू फेरिएको देखिन्छ । घरपरिवार

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा