गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज पूर्ण सुनुवाइ हुने « Khabarhub

गृहमन्त्री लामिछानेको नागरिकता मुद्दामा आज पूर्ण सुनुवाइ हुने


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको नागरिकता विवादसम्बन्धी मुद्दाको पूर्ण सुनुवाइ आज हुँदैछ।

सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजका लागि पूर्ण सुनुवाइ हुने भएको हो। यसअघि गत पुस २२ गते संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउत रहेको इजलासमा बहस भएको थियो।

लामिछाने सांसद् हुन अयोग्य रहेको भन्दै काममा रोक लगाउनुपर्ने मागसहित सर्वोच्चमा रिट परेको थियो।

अमेरिकी नागरिकता र पासपोर्ट त्यागेका लामिछानेले नेपाली नागरिकता लिनका लागि प्रक्रिया पुरा नगरी पुरानै नागरिकताको आधारमा सांसद बनेको पाइएको छ।

यो मुद्दा निरुपणका लागि सर्वोच्चले कि विदेशी नागरिकता परित्याग गर्नासाथ नेपालीहरुको नागरिकता स्वतः कायम हुने व्याख्या गर्नेछ, नभए नयाँ प्रक्रियाबाट नागरिकता लिनुपर्ने आदेश दिनासाथ लामिछानेको मन्त्री र सांसद दुवै पद जानेछ।

लामिछानेले १० फागुन २०५० मा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकताको प्रमाणपत्र लिएका थिए ।

 

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  १० : ०३ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको