भारतको कश्मीर उपत्यकामा सौर्य ऊर्जाको खपत बढ्दै « Khabarhub

भारतको कश्मीर उपत्यकामा सौर्य ऊर्जाको खपत बढ्दै


११ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतको कश्मीर उपत्यकामा सौर्य ऊर्जाको खपत बढ्दै गएको छ । सरकारले आवासीय भवनको छानोमा राखिने सौर्य प्यानलको खरिदमा २५ प्रतिशत अनुदान दिने घोषणा गरेसँगै उपत्यकामा सौर्य ऊर्जाको खपत बढेको हो ।

ऊर्जा वितरण केन्द्रबाट हुने बिजुलीको आपूर्तिमा अनियमितता र बिजुलीको महशुल पनि वृद्धि हुँदै गएकाले कश्मीर उपत्यकाका मानिसहरु सौर्य ऊर्जातर्फ आकर्षित भएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

कश्मीरमा विद्युत आपूर्ति गर्दै आएको कश्मीर ऊर्जा वितरण प्राधिकरण लिमिटेडले हाल उपत्यकामा १ हजार ७ सय मेगावाट विद्युत आपूर्ति गर्दै आएको छ ।

केही वर्षअघिसम्म स्थानीयले खासै चासो नदिएकाले घाटामा चल्दै आएको व्यवसाय पछिल्लो समय भने ह्वात्तै बढेको कश्मीरको राजधानी श्रीनगरका सौर्य प्यानल व्यवसायीले जनाएका छन् । पछिल्लो समय सौर्य प्यानलको माग ४० प्रतिशतसम्म वृद्धि भएको ती व्यवसायीलाई उद्धृत गर्दै एएनआईले जनाएको छ ।

प्रकाशित मिति : ११ माघ २०७९, बुधबार  ८ : १८ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल