जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध « Khabarhub

जुम्लामा हिमपातले विद्युत् सेवा अवरुद्ध


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

जुम्ला– हिमपातले यहाँको विद्युत् सेवा अवरुद्ध भएको छ । मंगलबारदेखि लगातारको हिमपातले यहाँको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा अवरोध हुँदा जुम्लावासी अन्धकारमा बस्न बाध्य भएका छन् ।

हिउँ लगातार परेकाले विद्युत् प्रसारण लाइन बनाउन निकै कठिन भएको छ ।  हिमपातले चन्दननाथ नगरपालिकाको मिचा, तिला गाउँपालिकाको दानसाँघु र कालीकोटको फाईमहादेवका ठाउँठाउँमा विद्युत्का खम्बा र तारमा क्षति पुगेपछि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए ।

‘विद्युत्मा क्षति पुगेको ठाउँमा कर्मचारी खटाएका छौँ, हिमपातले काम गर्न कठिन भएको छ, कालीकोट र जुम्ला विद्युत् प्राधिकरणका प्राविधिक कर्मचारीले अवरुद्ध विद्युत्को काम गरिसकेपछि मात्र विद्युत् सेवा सञ्चालनमा आउँछ’, उनले भने । 

विद्युत् अवरुद्ध भएपछि खलङ्गालगायत प्रसारण लाइन पुगेका गाउँका ग्राहक प्रभावित भएका छन् । हिमपातका कारण जुम्ला पुरै हिउँले सेताम्ये भएको छ । सो हिमपातले हिउँले बालीनालीदेखि स्याउका बिरुवालाई राहत हुने भएपछि किसानलाई राहत भएको कृषि विकास कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  २ : ४७ बजे

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको

गोरखाको बूढीगण्डकी नदीमा लेदोसहितको भीषण बाढी, तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह

काठमाडौँ– गोरखाको बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको भीषण बाढी आएको