मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जना पक्राउ « Khabarhub

मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जना पक्राउ


१२ माघ २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज– वीरगञ्जबाट मनिट्रान्सफर कम्पनीमा काम गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वीरगञ्ज वडा नम्बर १० आदर्शनगर बस्ने आकाश साह, २२ वर्षीय संजय साह र २१ वर्षीय महम्द सकिर मियाँ रहेका छन् । जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक प्रज्ज्वल थपलियाका अनुसार तीनै जना वीरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित माँ दुर्गे मनिट्रान्सफर प्रालिमा कार्यरत कर्मचारी हुन् ।

मनिट्रान्सफर कम्पनीका सञ्चालक विजय साह सरार्फले कृषि विकास बैकमा जम्मा गर्न लगाएको ४ लाख १४ हजार ८ सय रुपैयाँ लिएर उनीहरू फरार भएको प्रहरीले जनाएको आरोप छ । उनीहरूको साथबाट प्रहरीले २ लाख २३ हजार ५ सय बरामद भएको छ ।

प्रकाशित मिति : १२ माघ २०७९, बिहीबार  ५ : ५३ बजे

कांग्रेसको जिल्ला सभापतिबाट निलम्बनमा परे कान्छाराम

काठमाडौं- नेपाली कांग्रेसले रामेछाप जिल्ला सभापति पूर्णबहादुर तामाङ ‘कान्छाराम’ लाई

अवतरणका क्रममा विमान दुर्घटना, दुई जनाको मृत्यु, ११ घाइते

क्यानबेरा– दक्षिण अष्ट्रेलियाको एडिलेडस्थित पाराफिल्ड विमानस्थलमा अवतरण गर्ने क्रममा भएको

अदालतले ‘लालीबजार’ रोकेपछि सडकमा उत्रिए कलाकार (तस्बिरहरू)

काठमाडौं- आगामी १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘लालीबजार’को प्रदर्शन

घरबारविहीनको जिम्मा सरकारले लिन्छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले घरबारविहीन नागरिकको

अदालतको फैसलाले फिल्म रोकिएपछि कलाकारको असन्तुष्टि– सेन्सरबोर्डको औचित्य सकिएको हो ?

काठमाडौं – तीन दिनपछि रिलिज र प्रिमियरको तयारीमा रहेको फिल्म