विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न माग « Khabarhub

विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न माग


२३ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिव्यमणि राजभण्डारीले विज्ञापन बोर्डमा प्रमुख कार्यकारी अधिकृत रहने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

सोमबार संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ माथिको छलफलमा भाग लिँदै उनले विज्ञापन बोर्ड गठन गर्दा प्रमुख कार्यकारी अधिकृत अनिवार्य रहने कानुनी व्यवस्था गर्न पनि सरकारसँग माग गरेका हुन् । सांसद राजभण्डारीले विज्ञापन बोर्डमा राजनीतिक चलखेल हुन नदिन पनि त्यसमा प्रशासकीय प्रमुखको रुपमा प्रमुख कार्यकारी अधिकृत हुनैपर्ने तर्क पनि गरे।

राष्ट्रिय जनता पार्टी, नेपालका सांसद एकवाल मियाँले ‘क्लिन फिड’ लागू गर्ने सो विधेयकमा राखिएको प्रावधानप्रति आपत्ति जनाए । उनले विज्ञापन बोर्ड गठन गर्ने सरकारको प्रस्ताव प्रदेश सरकारलाई कमजोर बनाउने गरी आएको दावी गर्दै मान्य नहुने अडान पनि राखेका थिए ।

विधेयकमा विज्ञापन बोर्ड गठन गर्दा प्रदेश सरकारको प्रतिनिधिलाई समावेश गर्ने कुनै पनि प्रावधान नराखिएकोमा सांसद मियाँको असन्तुष्टि छ ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार  ८ : २५ बजे

पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु

काबुल – पूर्वी अफगानिस्तानमा भारी वर्षापछि आएको आकस्मिक बाढीमा परी

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौं – भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

सिक्किममा हिमालयन इन्टरनेशनल अवार्ड–२०२६ सम्पन्न, दर्जनौं स्रष्टा र कलाकार सम्मानित

सिक्किम – नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण,

विराटनगरमा आत्मदाह प्रयास गरेका युवकलाई प्रहरीले गर्‍यो सकुशल उद्धार

विराटनगर – विराटनगरमा आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका

धनुषा प्रहरीद्वारा एकै दिन ४४ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम – जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना