हिमपात र वर्षाले जुम्लाका किसान हर्षित « Khabarhub

हिमपात र वर्षाले जुम्लाका किसान हर्षित


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

जुम्ला – लगातार दुई दिन परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली सप्रिने भएपछि यहाँका किसानहरु हर्षित भएका छन् ।

मङ्गलबार र बुधबार परेको हिमपात र वर्षाका कारण हिउँदे बालीनाली तथा स्याउका बिरुवालाई राहत हुने भएपछि किसानहरु हर्षित भएका हुन् ।

आकासे पानीको भरमा खेती गर्ने किसानलाई हिउँदे हिमपातले फाइदा गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले जानकारी दिनुभयो ।

सिँचाइको अभावले हिउँदे बाली लगाउन समस्या भइरहेका बेला परेको हिमपात र वर्षाले गहुँ, जौ र नयाँ स्याउका बिरुवा लगाउन सहज भएको स्थानीय बताउछन् ।

समयमा पानी नपर्दा गहुँ, जौ तथा बेमौसमी तरकारीलगायतका बाली सुकेर किसानहरु चिन्तित भएका थिए ।

जुम्लालगायत माथिल्लो कर्णालीमा भएको भारी हिमपातका कारण हवाई सेवा बन्द हुदाँ यात्रुलाई सास्ती भएको थियो ।

जुम्ला विमानस्थलमा जमेको हिउँ बिहीबार बिहानदेखि नेपाली सेना, प्रहरी र सशस्त्र बले हिउँ पन्छाएपछि हवाई सेवा सञ्चालन भएको नागरिक उडान प्राधिकरण कार्यालय जुम्लाले जनाएको छ ।

जिल्लाको उच्च भेगमा करिब दुईदेखि तीन फिटसम्म हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । बिहीबारदेखि मौसम सफा भएपछि विस्तारै जाडो कम हुँदै गएको छ ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : ५५ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा