उद्योगी व्यवसायीले आत्मदाह गर्ने परिस्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण « Khabarhub

उद्योगी व्यवसायीले आत्मदाह गर्ने परिस्थिति आएको भन्दै सरकारको ध्यानाकर्षण


१३ माघ २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– बर्दिबासका उद्योगी र व्यवसायीहरूले बैंकबाट हुने मानसिक यातनाले उद्योगी व्यवसायीहरूकाे जीवन नै समाप्त गर्ने परिस्थिति सृजना भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । 

आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको जस्तै परिस्थिति सिर्जना हुँदै गएको भन्दै उनीहरूले सरकारको ध्यानाकर्षण गराएका हुन् । बैंकका प्रतिनिधिसहितको सहभागितामा बर्दिबास उद्योग वाणिज्य संघले आयोजना गरेको अन्तरक्रियामा व्यवसायीहरूले बैंकहरूको कारणले नै व्यापारीहरुलाई आत्मदाहको स्थितिमा पुर्‍याएको भन्दै चिन्ता व्यक्त गरे । 

धितोको नाममा बैंकले दिने मानसिक तनावले कयौँ युवाहरूले आत्महत्याको बाटो रोज्दै गएको र यसको जिम्मेवार बैंकहरु स्वयंले लिनुपर्ने उनीहरूको भनाइ छ । ७ प्रतिशतमा ब्याजमा लिएको ऋण अहिले १४ प्रतिशतसम्म तिर्नुपर्ने वाध्यताले कयौ व्यापारीहरु व्यापारवाट नै पलायन भइरहेका अन्तरक्रियामा सहभागी उद्योगीहरूले गुनासो गरेका छन् । 

साना तथा मझौला व्यापारीहरूलाई बैंकमा  विभेदपूर्ण व्यवहार हुने भन्दै व्यापारीहरूले आक्रोश समेत ब्यक्त गरे । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका सचिव नारायण घिमिरेले वित्तीय तथा बैंकहरूलाई नाफामुखि बनाउन व्यवसायीहरुकै योगदान भए पनि पछिल्लो समय बनेको  वित्तीय नीतिले व्यवसायप्रति नै निरुत्साहित बनाएको बताए । ‘गभर्नरले चढ्ने गाडीदेखि लिने सम्पूर्ण सुविधा हाम्रै करले भएको छ,’ उनले प्रश्न गरे, ‘फेरि हामीप्रति नै अन्याय ?’ 

अहिलेको अवस्था अन्त्य नगरे आन्दोलन गर्ने उनले चेतावनी पनि दिए । बैंक व्यवसायीहरुप्रति लचिलो नबन्ने हो भने लिलामीका फाइलहरुको चाङ लाग्ने र लिलाम गर्ने मान्छेसमेत नपाउने परिस्थिति सिर्जना हुने भन्दै उनले बैंकहरु उत्पादनमुखी बन्न सुझाव दिए ।

बैंकको चर्को व्याज र घरभाडाका कारण बर्दिबासमा मात्र ४६ वटा सटर बन्द भएको बताउँदै व्यवसायीहरुले चिन्ता व्यक्त गरे । बैंकले चोरीको घटना बढ्दै गएकाले वित्तीय नियमानुसार सामाजिक क्षेत्रमा खर्चिनुपर्ने पैसा सिसिटीभी जडानमा खर्चिनुपर्ने संघको माग छ ।

उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकले व्यवसायीकै कारणले चलिरहेका बैंकहरुले सामाजिक विकासका क्षेत्रमा गर्नुपर्ने जिम्मेवारी सिसिटिभी जडान गरेर सुरक्षित सहर निर्माण गर्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  २ : ३४ बजे

जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ

बर्दिया– १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मधुवन नगरपालिका-१ कमलपुर बस्ने

हरियाली प्रवर्द्धन गर्न छ लाख बिरुवा वितरण

राँझा– यहाँस्थित डिभिजन वन कार्यालयले जिल्लामा हरियाली प्रवर्द्धन गर्न विभिन्न

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा