बलात्कार आरोपीलाई गोली हानेर नियन्त्रणमा « Khabarhub

बलात्कार आरोपीलाई गोली हानेर नियन्त्रणमा


१ फाल्गुन २०७५, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– बलात्कार आरोप लागेका दिल्प दमाईलाई कैलाली प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ ।

कैलाली जिल्ला अदालत परिसरबाट मंगलबार भागेका अभियुक्त दमाइलाई जिल्ला प्रहरी कार्यालयको टोलीले गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।

कैलाली लम्कीचुहा नगरपालिकाका २३ वर्षीया दमाइ कैलाली जिल्ला अदालत परिसरबाट हत्कडीसहित फरार थिए । दमाईमाथि बालिका बलात्कार गरेको आरोप छ ।

उनको खुट्टामा गोली लागेको छ । उपचारका लागि दमाईलाई सेती अञ्चल अस्पतालमा भर्ना गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख आभुषण तिम्सेनाका अनुसार, उनलाई धनगढी उपमहानगरपालिका ७ मा पर्ने बेली जंगलमा गोली हानेर पक्राउ गरिएको हो ।

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  २ : १९ बजे

डीएनए परीक्षण किट र एक करोड रुपैयाँ सरकारलाई हस्तान्तरण

काठमाडौं– बेलायतमा बसोबास गर्दै आएका गैरआवासीय नेपाली संघका अध्यक्ष कुल

सामान्य विवादमा दाजुले गरे भाइमाथि छुरा प्रहार

भद्रपुर– झापाको भद्रपुरमा सामान्य विवाद हुँदा दाजुले आफ्नै भाइलाई छुरा

सभामुख अर्यालसँग अमेरिकी संसदीय प्रतिनिधिमण्डलको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राज्य अमेरिकाको तल्लो सदनको

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिविरुद्ध प्रदर्शन

काठमाडौं– लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन

कसरी भइरहेकाे छ एनपीएल उद्घाटनको तयारी ? सुदूरपश्चिम र लुम्बिनी भिड्दै

काठमाडौँ– नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आज सुरु