यौनसम्पर्क गर्न नमानेपछि पत्नीले लोग्नेको लिंग काटिन् « Khabarhub

यौनसम्पर्क गर्न नमानेपछि पत्नीले लोग्नेको लिंग काटिन्


२४ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कम्पाला–यौनसम्पर्क गर्न नमानेपछि एक जँड्याहा स्वास्नीले लोग्नेको लिंग नै काटिदिएकी छिन् ।

घटना अफ्रिकी मुलुक युगाण्डाको हो, जहाँको अपाक जिल्लामा ३५ वर्षे बट्रिस अकेनले आफ्ना ४६ वर्षे लोग्नेको लिंग काटिदिएकी हुन् । लिंग काटिएका मोजिज ओकोट अहिले जीवनका लागि संघर्ष गरिरहेको प्रहरीले जनाएको छ ।

राति दश बजे जाँड खाएर घर फर्केकी उनले आफ्ना लाग्नेसँग यौनसम्पर्क गर्न चाहेपनि लोग्नेले अस्वीकार गरेका थिए । त्यसपछि रिसले चूर भएकी उनले लोग्नेको लिंग काटेकी हुन् ।

‘म बेलुकी ७ बजे शिकार खेलेर घर फर्किँदा उ घरमा थिइन ।’ ओकोटले भने, ‘छोरीले पस्केको खाना खाएलगत्तै म सुत्न हिँडे । उ राती १० बजे टिल्ल जाँड खाएर घर फर्की । उ ढोका खोलिदिन चिच्याइरहेकी थिई ।’

ओकोटले स्थानीय अखबारलाई भने, ‘मेरो शरीरमा हल्का पीडा भइरहेको थियो । उठेर हेर्दा त मेरो पाइण्ट पूरै रगतले लतपतिएको थियो ।’

उनका अनुसार उनले यौनसम्पर्क गर्न अस्वीकार गरेपछि आफ्नी स्वास्नीले लिंग काटिदिएकी हुन् । ओकोटका अनुसार उनी हरेक रक्सी खाएपछि यसरी नै चिच्याउँदै घर फर्किन्थिन् । लोग्ने भएको नाताले ओकोटका लागि यो असह्य थियो । त्यसपछि उनले यसैको दण्डस्वरुप आफ्नी स्वास्नीसँग यौनसम्पर्क गर्न अस्वीकार गरेका थिए ।

त्यसैको रिसले आफ्नो लिंग काटिएको ओकोटको दाबी छ । आफ्नै लोग्नेको लिंग काट्ने बट्रिस अकेन अहिले फरार छिन् । प्रहरीले आवश्यक अनुसन्धान अघि बढाइरहेको जनाएको छ ।

प्रकाशित मिति : २४ असार २०७६, मंगलबार  ६ : ५४ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्