गोविन्दा : हिरो बन्न २४ लाख गायत्री मन्त्र जप « Khabarhub

गोविन्दा : हिरो बन्न २४ लाख गायत्री मन्त्र जप


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – बलिउडका ‘राजा बाबू’ अर्थात् गोविन्दाले आफ्नो स्टारडमका कारण बलिउडमा कुनै समय सबैलाई हैरान बनाएका थिए। एक समय यस्तो थियो कि गोविन्दाको नामले नै फिल्म सुपरहिट हुन्थ्यो। ठूला स्टार पनि गोविन्दाको अगाडि आफ्नो फिल्म रिलिज गर्न डराउँथे।

गोविन्दाले आफ्नो करियरको सुरुवात सन् १९८६ मा रिलिज फिल्म ‘इल्जाम’बाट गरेका थिए। उनको सोही वर्ष  अर्को फिल्म ‘लव डट’ रिलिज भयो। दुवै फिल्म बक्सअफिसमा सुपरहिट भयो। यद्यपि सन् १९९२ मा रिलिज फिल्म ‘शोला और शबनम’ले गोविन्दाले कमेडी किंगको पदक नै पाए। आफ्नो करियरमा १ सय ६५ भन्दा बढी फिल्ममा अभिनय गरेका गोविन्दाले कम उमेरमै सफलता पाए। उनी जहिल्यै आमालाई यसको श्रेय दिन्छन्।

गोविन्दाका अनुसार उनले केवल १४ वर्षकै उमेरमा २४ लाख गायत्री मन्त्रको जप गरेका थिए। ‘मैले जे पाएँ, आमा बाबुको आशीर्वादबाट पाएँ। खास रुपमा आमाको नाम यसकाण लिन्छु कि जब म १४ वर्षको थिएँ। त्यो बेला आमाले मलाई गायत्री उपासना गर्नु भन्नुभयो। मैले २४ लाख गायत्री उपासना गरेँ। म कहिल्यै हिरो देखिन्न थिएँ। तर गायत्री मन्त्र जपेपछि म हिरो देखिन थालेँ’, उनले भनेका छन्।

गोविन्दाले मात्र २२ वर्षको उमेरमा एकसाथ ५० फिल्म साइन गरेका थिए। यस्तो घटना मुम्बई फिल्म उद्योगमा कहिल्यै भएन। यति धेरै फिल्म साइन गरेपछि गोविन्दालाई लिएर एक पत्रिकाले कभर स्टोरी गरेको थियो, जसमा उनलाई ‘सुनको अण्डा दिने कुखुरी’ भनिएको थियो।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ७ : ५० बजे

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर

राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

गोरखामा चट्याङ लागेर दुईजना घाइते

काठमाडौँ । चट्याङ लागेर बुधबार गोरखामा दुईजना घाइते भएका छन्

आशिका तामाङले भनिन् : अबदेखि भद्र र मर्यादित बन्ने कोसिस गर्छु

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले अबदेखि

सरकारी निकायमा स्वदेशी वस्तुको प्रयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा स्वदेशी उद्यमी र