यातायात सञ्जालले जोडियो लमसुङ | Khabarhub Khabarhub

यातायात सञ्जालले जोडियो लमसुङ


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

म्याग्दी – म्याग्दीको धवलागिरि गाउँपालिका–२ को लमसुङमा पहिलो पटक बस पुगेको छ। ६५०७ नम्बरको बस शनिबार गाउँपालिकाको केन्द्र मुना हुँदै पहिलो पटक लमसुङ पुगेको हो। गाउँमा पहिलो पटक बस पुग्दा स्थानीयवासीमा खुसियाली छाएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिएका छन्।

धवलागिरिको वडा नम्बर १ र २ मा पर्ने गुर्जा र लुलाङ तथा बागलुङको ढोरपाटन क्षेत्रलाई गाउँपालिकाको केन्द्र मुनासँग जोड्ने मुना–लुलाङ सडक अन्तरगत पर्ने महतला भीरमा खनिएको सडक स्तरोन्नति भएपछि बस चल्ने भएको हो। बस र जिप सञ्चालन भएपछि लुलाङ, लमसुङ, खोरिया र गुर्जाका पाँच सयभन्दा बढी घरधुरी लाभान्वित भएका छन्। गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरका अनुसार गण्डकी प्रदेश सरकारले विनियोजन गरेको रु १० लाख बजेटबाट पूर्वाधार विकास कार्यालयले महतलाको भीरमा ग्रेड सुधार गरेर गाडी चल्ने बनाएको हो।

दुई वर्ष लगाएर गत वर्ष करिब एक सय मिटर मार्ग खोलिएको सडकको ग्रेड नमिलेका कारण यातायातका साधन सञ्चालन हुन सकेको थिएन। गाउँपालिकाका उपाध्यक्ष पुनका अनुसार लमसुङदेखि लुलाङ हँुदै गुर्जा जोड्ने सडक निर्माणको काम पनि भइरहेको छ।

लुलाङ गुर्जा सडक निर्माणका लागि धवलागिरि गाउँपालिकाले रु ४५ लाख र गण्डकी प्रदेश सरकारले रु ८० लाख विनियोजन गरेका छन्। धवलागिरि गाउँपालिकाको वडा नम्बर ५ मा पर्ने दुर्गम मलम्पार गाउँमा पनि सडक पुगेको छ। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको रु २५ लाख बजेटबाट मल्कवाङ हुँदै मलम्परासम्म सडक जोडिएको र त्यसलाई विस्तार गरेर वडा नम्बर ६ को बुलसँग जोड्न काम भइरहेको जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ९ : १३ बजे

सात जिल्लामा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने

काठमाडौँ– सरकारले आजदेखि सात वटा जिल्लामा हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउँदै

हमासले गर्यो दुई बन्दी जीवित रहेको भिडियो सार्वजनिक

जेरुसेलम – थप दुई बन्दीहरू जीवित रहेको प्रमाण स्वरूप हमासले

इलाम–२ को मतगणना आज, सर्वदलीय बैठक बस्दै

काठमाडौं– इलाम क्षेत्र नम्बर २ मा हिजो भएको उपनिर्वाचनको मतगणना

तराई क्षेत्रमा तातो हावा चल्ने, पहाडमा छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु

कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको दोस्रो खेल आज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको दोस्रो खेल