राष्ट्रपतिको निर्वाचन मिति छिटो तोक्न आयोगलाई कांग्रेस उपसभापति खड्काको आग्रह « Khabarhub

राष्ट्रपतिको निर्वाचन मिति छिटो तोक्न आयोगलाई कांग्रेस उपसभापति खड्काको आग्रह


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले फागुन २८ अघि नै राष्ट्रपति निर्वाचन गरिसक्न माग गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले बर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल सकिनुअघि नै निर्वाचन आयोगले निर्वाचन गरिसक्नुपर्ने बताएका हुन्।

‘राष्ट्रपतिको निर्वाचन मिति घोषणा गरेर अहिले देखिएको संसयको घेराबाट बाहिर निकाल्नु संवैधानिक संस्थाको गरिमाका लागि श्रेयस्कर हुनेछ।’ उनले आयोगलाई सुझाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरेको छ। कांग्रेसले राष्ट्रपतिमा सहयोग मागेपछि माओवादीले राष्ट्रिय सहमति खोज्ने बताइरहेको छ।

सत्ता साझेदार दल नेकपा एमालेले आफ्नो उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  १० : १४ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका