बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु | Khabarhub Khabarhub

बैतडी र दार्चुलामा शनिबारदेखि अवरुद्ध फोन र इन्टरनेट सेवा सुचारु


१५ माघ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बैतडीमा एन्टिफाइबर लाइन विस्तार गरिएको तारमाथि रुख ढलेपछि शनिबारदेखि अवरुद्ध भएको टेलिफोन र इन्टरनेट सेवा सुचारु भएको छ ।

सेवा सुचारु गर्न कैलालीबाट प्राविधिक बैतडी पुगेका थिए । प्राविधिक टोलीले समस्या पत्ता लगाइ मर्मत गरेपछि आइतबार दिउँसो सञ्चार सेवा सुचारु भएको नेपाल टेलिकम कार्यालय बैतडीका प्रमुख बिक्रम राम टमाटाले बताए । उनले स्थानीयवासीले रुख काटेका कारण ३० मिटर लाइन नै परिवर्तन गर्नुपरेको बताए ।

जिल्लाको पाटन नगरपालिका–६ को पोखरी नजिकै स्थानीयले सल्लाको रुख ढालेपछि फाइबर तार चुँडिएका थियो । पाटनमा फाइबर तार चुँडिएपछि बैतडी र दार्चुलाको फोन तथा इन्टरनेट सेवा अबरुद्ध बनेको टमाटाले जानकारी दिए ।

‘पाटनमा सल्लाको रुख ढालिदिएको रहेछ, फाइबर तार चुडिएपछि, सेवा प्रभावित बनेको हो, अत्तरियाबाट प्राविधिक टोली आएर मर्मत गरेको छ,’ टेलिकम कार्यालय बैतडीका प्रमुख टमाटाले भने ।

फोन र इन्टरनेट सेवा अवरुद्ध भएपछि सूचना आदान प्रदान गर्न समस्या भएको थियो भने सञ्चारमाध्यमहरुलाई खबर सम्प्रेशण गर्न समस्या भएको थियो ।

शनिबारदेखि अबरुद्ध फोन र इन्टरनेट सेवा आइतबार दिउँसोदेखि सुचारु भएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउदले बताइन् ।

प्रकाशित मिति : १५ माघ २०७९, आइतबार  ५ : ३१ बजे

छार्का भेरोलमा अलपत्र परेका दुई पर्यटकको उद्धार

मुस्ताङ– मुस्ताङ र डोल्पाको सिमाना छार्का भेरोलको हिउँमा फसेका दुई

वीरगञ्ज भन्साार नाका : विद्युतीय सवारीसाधन आयातमा वृद्धि

वीरगञ्ज– चालु आवको तीन महिनामा वीरगञ्ज नाका हुँदै रु ६८

यसरी हुनसक्छ युवा व्यवस्थापन

काठमाडौं– संयुक्त राष्ट्रसङ्घले सन् १९८५ लाई युवा वर्ष घोषणा गरेको

पदमार्ग निर्माण भएपछि अन्नपूर्ण आधार शिविर पुग्ने पर्यटकको चाप बढ्यो

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार

दागले ‘घाउको काम’ गरेपछि वर्षालाई तनाव

काठमाडौं – नायिका वर्षा राउत स्टारर फिल्म ‘हर्ष’को बुधबार ललितपुरस्थित