आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो | Khabarhub Khabarhub

आत्मनिर्भर लघुवित्तको आईपीओ खुल्यो


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आत्मनिर्भर लघुवित्तले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सोमबारदेखि आइपीओ बिक्री खुला गरेको छ। लघुवित्तले आफ्नो जारी पुँजीको ६ करोड २३ लाख ३८ हजार रुपैयाँको ३२.६२५% ले हुन आउने २ करोड ३ लाख ३८ हजार रुपैयाँको १०% अर्थात् २० हजार ३३८ कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका लागि बिक्री खुला गरेको छ।

उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताकोसम्म आवेदन दिन सक्नेछन्। यसमा फागुन १ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिन सक्नेछन्।

कम्पनीले सर्वसाधारणहरुका लागी भने फागुन ११ गतेदेखि आईपीओ जारी गर्नेछ। सर्वसाधारणका लागि कम्पनीले १ लाख ६९ हजार ७५५ कित्ता सेयर खुला गर्नेछ। सर्वसाधारण लगानीकर्ताले यसमा फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा सबै सेयर बिक्री नभएमा फागुन २५ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

यस कम्पनीको आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ।रेटिङ एजेन्सी केयर नेपालले आत्मनिर्भर लघुवित्तलको आईपीओलाई ‘केयरएनपी बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ। जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको जनाउँछ। कम्पनीको केन्द्रीय कार्यालय लुम्बिनी प्रदेशको घोराही दाङमा रहेको छ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ३० बजे

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

आज २०८२ साल भदौ २८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ २८ गते शनिबार। आश्मिन

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि