भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम « Khabarhub

भूकम्पको हल्लाले कर्णालीवासी रातभर जाग्राम


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुगु – कर्णालीमा भूकम्प आउने हल्ला फैलिएपछि आइतबार रातभर कर्णाली प्रदेशका जुम्ला, मुगु, हुम्ला र बाजुराका बासिन्दा बाहिर बसेका छन्।

भूकम्पको हल्ला फैलिएपछि यहाँका स्थानीय घर छाडेर खेतबारी र सडक, विद्यालय चौरमा बस्न बाध्य भएका हुन् । भूकम्प आउँदै छ भन्ने हल्ला चलेपछि कठ्याङ्ग्रिँदो चिसोमा मानिसहरू बाहिर बसेका थिए ।

मुगु सदरमुकाम गमगढीवासी र आसपासका गाउँ चैन, ढुम, तुम, भामबाडा, छत्यालबाडा,  कार्कीबाडा थार्प, घट्टलेख, सोरु गाउँपालिका लगायत छायाँनाथ रारा नगरपालिकावासी भूकम्प आउने हल्लाले रातभर घर बाहिर जाग्राम बसेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुले अफवाह र हल्लाको पछि नलाग्न आग्रह गरेको डिएसपी सुवास हमालले बताए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ११ : ५७ बजे

२८ खर्ब नजिक पुग्यो नेपालको सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला २ लाख ६७ हजार बढीमा कारोबार

काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

माघको अन्तिम सातादेखि एचपिभी खोप लगाइँदै

काठमाडौं – सरकारले माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको

वीरगञ्ज नाका हुँदै पाँच महिनामा तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष (आव)को पाँच महिनामा

शीतलहरले बाढीपीडित परिवार समस्यामा

कञ्चनपुर– शीतलहरका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १२ बन्तरिया शिविरका बाढीपीडित