भोटेकोशीमा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेट सेवा   « Khabarhub

भोटेकोशीमा टेलिकमको टावर, पहिलोपटक फोन र इन्टरनेट सेवा  


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका विभिन्न गाउँमा पहिलो पटक नेपाल टेलिकमको सेवा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । नेपाल टेलिकमले भोटेकोशी गाउँपालिका–१ बगाममा  टावर निर्माण गरेर सेवा सञ्चालन गरेपछि स्थानीयलाई सहज भएको हो । उक्त स्थानमा यसअघि मोबाइल सेवाको पहुँच थिएन । ग्रामीण बस्तीलाई सञ्चारको पहुँचमा जोडन टेलिकमले थ्रीजी सेवा विस्तार गरेको स्थानीय ध्रुव थापाले बताए । 

यस क्षेत्रका जनतालाई सञ्चारको पहुँचमा ल्याउन सो टावर विस्तारलाई प्राथमिकताका साथ अगाडि बढाइएको भोटेकोशी गाउँपालिका निवर्तमान अध्यक्ष राजकुमार पौडेलले बताए । 

‘टेलिकमले अहिले टावर निर्माण गरी सञ्चालनमा ल्याएको छ, निकट भविष्यमा हामी उक्त टावरलाई स्तरोन्नति गरी अत्याधुनिक प्रविधिको फोरजी सेवामार्फत भ्वाइस र उच्च गतिको इन्टरनेट सञ्चालनमा ल्याउने तयारी गरिरहेका छौं,’ पौडेलले  भने । 

पहिले टावर नहुँदा दुःख पाएका नागरिकले टेलिकमको थ्रीजी सेवा एकसाथ सञ्चालनमा आएपछि भोटेकोशी गाउँपालिकाका बगाम, छगाम, साबुखानी, गिप्ते ,तारतुङ, सेबुङ लगायत आसपासका गाउँमा करिब १ सय ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय ध्रव थापाले जानकारी दिए । 

यसअघि फोनमार्फत कुराकानी गर्न १ घण्टा हिँडेर लिस्तीमा पुग्नु पर्ने बाध्यता यहाँका स्थानीयलाई थियो । यस सेवाले फोन सम्पर्कका लागि टाढा जानुपर्ने बाध्यता हटेको छ । टावर सञ्चालनमा आएपछि त्यस क्षेत्रमा गुणस्तरीय भ्वाइस तथा डेटामार्फत इन्टरनेट चलाउन सहज भएको छ । टावर निर्माणसँगै त्यस क्षेत्रको प्रचारप्रसार र सूचना आदानप्रदानको निमित्त थप सहज भएको स्थानीय तथा समाजसेवी दावा लामाले बताए ।

शनिबारदेखि बगाममा बनेको नेपाल टेलिकमको टावर सञ्चालनमा आएपछि पहिलोपटक यस क्षेत्रका बासिन्दा टेलिफोन सेवासँग जोडिएका हुन् ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १ : ३३ बजे

माथिल्लो त्रिशूली १ मा भेटियो ६ जनाको शव

काठमाडौँ । बाढीले क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा शुक्रबार पनि

भोटेकोशीमा ज्यान गुमाउनेको संख्या १३ सय नाघ्यो

काठमाडौँ । रसुवा भोटेकोसी नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

बाढी प्रभावित बालबालिकालाई प्रधानमन्त्रीले भने : ‘सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ’

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका अवसरमा रसुवा–भोटेकोशी बाढीबाट

१२ सीडीओसहित २३ सहसचिव-उपसचिवको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)

‘भोटेकोशीमा तत्काल बाढी आउने सम्भावना छैन’

काठमाडौँ । भोटेकोसी नदीमा तत्काल ठूलो बाढी आउने सम्भावना नदेखिएको