सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिने  « Khabarhub

सबैको पहुँचमा स्वास्थ्य सेवा पुर्‍याउन जनशक्ति र पूर्वाधार थपिने 


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै जनताको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउने प्रयासमा सरकार लागिरहेको बताएका छन् । कोभिड- १९ खोप, नियमित खोप तथा दादुरी-रुबेला प्रकोपको तयारी र प्रतिक्रियाका लागि परिवार कल्याण महाशाखाले आयोजना गरेको  राष्ट्रिय समीक्षा कार्यक्रममा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । 

मन्त्री गिरीले सबैको पहुँचमा स्वास्थ्य सेवालाई पुर्‍याउनका लागि जनशक्ति र पूर्वाधार थपिने बताएका छन् । ‘जनतामा स्वास्थ्यमा आधारभूत परिवर्तन आयो है भन्ने महसुस गराउनेगरी हामी भविष्यमा आउँछौं,’ उनले भने । उनले खोप अभियानलाई सफल बनाउनका लागि केही पक्षमा विशेष ध्यान दिनुपर्ने बताए । 

उनले खोप अभियानलाई सफल बनाउन जनप्रतिनिधि, युवा समूह तथा संघ-संस्थाहरुको महत्वपूर्ण भूमिका रहने बताए । ‘स्थानीय तह २० वर्षसम्म कर्मचारीले चलाएको अवस्था थियो । अहिले त जनप्रतिनिधि छन् । नगर-गाउँसभा बस्छ । खोपको एजेन्डा पनि त्यहाँ राख्न लगाउनुस् न,’ सरोकारवालाहरुलाई उनले भने, ‘हाम्रा समूहहरु छन्, युवा समूह, विभिन्न संघ संस्था छन् । त्यहाँ समन्वय र छलफल गर्ने गरौँ, मुलकलाई पूर्ण खोपयुक्त बनाउन लागौं । 

खोप अभियानमा शतप्रतिशत सफलता हासिल गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ३ : ३३ बजे

वायु प्रदूषणबाट सावधानी अपनाउन प्रहरीको सार्वजनिक अनुरोध

काठमाडौं–  प्रहरी प्रधान कार्यालयले काठमाडौंगायत प्रमुख सहरहरूमा वायु प्रदूषणको स्तर

बीमा सेवाको औषधि बाहिरबाट किन्न लगाउने स्वास्थ्य संस्थालाई कारबाही गर्ने बोर्डको चेतावनी

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचार गरिरहेका बिरामीलाई बीमा प्याकेजमा

जावलाखेल चिडियाखानामा ११२ प्रजातिका एक हजार २७३ जीवजन्तु

ललितपुर– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालित सदर चिडियाखानामा हाल ११२

भस्मेखोला निमकोट लप्से सिँचाइ कुलो निर्माण धमाधम हुँदै

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका-३ निमकोट र लप्सेका खेतीकिसानका लागि महत्त्वपूर्ण

वायु प्रदूषण घटाउ विश्व बैंकबाट सात अर्ब सात करोड बढी सहयोग

काठमाडौँ– विश्व बैंकले नेपालमा वायु प्रदूषण घटाउन तथा वायु गुणस्तर