खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा « Khabarhub

खेलकुदमा सुधार गरी उपलब्धि हासिल गर्न सकिन्छ : गोकुल बाँस्कोटा


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

मोरङ– नेकपा (एमाले)  स्थायी कमिटी सदस्य गोकुल बाँस्कोटाले खेलकुद क्षेत्रको सुधार गरी उल्लेखनीय उपलब्धि हासिल गर्न सकिने विश्वास व्यक्त गरेका छन्  । नेपाल खेलकुद महासङ्घको दोस्रो महाधिवेशनको तयारी सम्बन्धमा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्वमन्त्री बाँस्कोटाले मुलुकको खेलक्षेत्रको राष्ट्रिय नीतिका तयार गर्नुपर्नेमा जोड दिए ।

उनले खेलाडीको सुविधा र व्यवस्थापनका सम्बन्धमा आवश्यक सुधार गरी अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्त गर्नु आजको आवश्यकता रहेको विचार राखे । नेता बाँस्कोटाले भने, ‘खेलकुद राष्ट्रिय गौरव, अन्तर्राष्ट्रिय पहिचान र आर्थिक कारोबार गर्ने ठाउँ भएकाले यसलाई राजनीतिबाट मुक्त गर्नुपर्छ ।’

महासङ्घका संयोजक पर्शुराम बस्नेतले आगामी फागुन ७ गते विराटनगरमा हुने दोस्रो अधिवेशनका लागि दुई सय १६ सदस्यीय केन्द्रीय कमिटी रहेको मूल व्यवस्थापन समिति र १५ वटा उपसमितिका संयोजक गठन गरेको जानकारी दिए । एमाले अध्यक्ष केपी शर्माले महाधिवेशनको उद्घाटन गर्ने इन्चार्ज बाँस्कोटाले जानकारी दिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ७ : ५७ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक