गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की « Khabarhub

गुणस्तरीय शिक्षाका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गुणस्तरीय शिक्षा प्रदानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल मोरङ (हिसान)द्वारा आयोजित खेलकुद सप्ताह–२०७९ को समापन गर्दै उनले शिक्षा क्षेत्रमा सरकारले गर्नुपर्ने लगानी निजी क्षेत्रले विद्यालयहरू सञ्चालनका लागि गरेको उल्लेख गरे।

सङ्घीयतालाई स्थापित गर्ने दायित्व हामी सबै काँधमा आएको बताउँदै उनले प्रदेश संरचनाको सम्बन्धमा उठेका विभिन्न क्षेत्र एवं व्यक्ति गर्ने आलोचनालाई चिर्न सबैको साथ र सहयोग हुनुपर्नेमा जोड दिए । मुख्यमन्त्री कार्कीले सरकारले प्रदेशको नामाकरणलाई उच्च प्राथमिकतामा राखेको छ भन्दै यसका लागि आवश्यक सुझाव एवं सल्लाह दिन आग्रह गरे ।

यही माघ १० देखि १६ गतेसम्म स्थानीय शहीद रङ्गशालामा सञ्चालित खेलकुद सप्ताहमा जिल्लाका २८ वटा विद्यालयका एक हजार सात सय विद्यार्थीहरूले फुटबल, भलिबल, क्रिकेट, बास्केटबल, टेबलटेनिस सिङ्गल र डबल, लामो र छोटो दूरीको दौडलगायत प्रतियोगितामा भाग लिएका थिए । सो अवसरमा मुख्यमन्त्री कार्कीले विभिन्न विद्यालयमा अध्ययनरत उत्कृष्ट छात्र, छात्रा र प्राचार्यलाई सम्मान गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  ८ : १४ बजे

ओलीको खप्की खाएर ढलेका थपलिया भेट्न एमाले महासचिव शंकर पोखरेल पुगे वीर अस्पताल

काठमाडौं- पार्टी अध्यक्ष केपी शर्मा ओलीको खप्की खाएर ढलेका नेकपा

भारतमा बस दुर्घटना, आठ जनाको मृत्यु 

नयाँदिल्ली– उत्तरी भारतीय राज्य हिमाचल प्रदेशमा शनिबार एउटा निजी बस

लोकतन्त्र पुनः स्थापनाका लागि अग्रगामी मोर्चा बनाएका हौं : प्रभु साह

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

सिनेटले गर्‍यो ट्रम्पका विश्वासपात्र टोड ब्लान्चलाई महान्यायाधिवक्तामा स्वीकृत

वाशिङ्टन– अमेरिकाको माथिल्लो सदन सिनेटले राष्ट्रपति डोनाल्ड ट्रम्पका विश्वासपात्र टोड

राष्ट्रियता र विकासका सवालमा संविधान पक्षधर शक्ति एकजुट हुनुपर्छ : महासचिव पोखरेल

काठमाडौं- नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राष्ट्रियता, विकास र लोकतान्त्रिक