शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी « Khabarhub

शहीदको बलिदानबाट ऊर्जा लिनुपर्छ : मुख्यमन्त्री अधिकारी


१६ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले शहीदको बलिदानबाट ऊर्जा लिएर देश निर्माणको नयाँ सङ्कल्प गर्नुपर्ने बताए । शहीद दिवसका अवसरमा आज आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले शहीदको योगदानको कदर गर्नुपर्ने धारणा राखे ।

“समृद्ध नेपालको बाटोमा दत्तचित्त भएर लाग्न शहीदहरुले बाटो देखाउनुभएको छ, शहीदको बलिदानबाट ऊर्जा लिएर नयाँ सङ्कल्प गरौँ, देश निर्माणको महाअभियानमा हामी सबै जुटौँ”, मुख्यमन्त्री अधिकारीले भने।

उनले लोकतन्त्र प्राप्तिका लागि शहीदहरूले पु¥याएको योगदान कहिल्यै बिर्सन नसकिने बताए । त्यसअघि मुख्यमन्त्री अधिकारीसहित विभागीयमन्त्री, प्रदेशसभा सदस्यलगायत विशिष्ट व्यक्तिहरूले शहीदचोकमा रहेको शहीद स्तम्भमा सम्मान अर्पण गरेका थिए ।

प्रकाशित मिति : १६ माघ २०७९, सोमबार  १० : १० बजे

यसअघिका सरकारले गरेको गलत कामको छानबिन गर्न नेकपाको चुनौती

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद महेन्द्र बहादुर शाहीले

बास खोसिएका सुकुम्वासीको गाँस पनि खोसियो, पिउने पानीसमेत पाएनन्

काठमाडौं– कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा राखिएका सुकुम्वासी र अव्यवस्थित बसोबासीले आधारभूत

राष्ट्रियसभामा बजेटमाथि छलफल 

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको

स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मनीको सङ्घीय आर्थिक

काठमाडौं महानगरको १०१ बुँदे नीति तथा कार्यक्रममाथि छलफल 

काठमाडौं– काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति