अन्तरबैंक एटीएम शुल्क घट्यो « Khabarhub

अन्तरबैंक एटीएम शुल्क घट्यो


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा १५ सम्म शुल्क लिन सकिने जनाएको छ ।

यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ ।

राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ ।

त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन रू दुई लाखसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो । एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा २५ हजारसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने थयावत राखिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  २ : २४ बजे

हिमालयन रिइन्स्योरेन्सकी सीईओ उपासना पौडेल पक्राउ

काठमाडौं – हिमालयन रिइन्स्योरेन्स लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना

वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष

काठमाडौं – नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा

गोसाइँकुण्ड गएका तनहुँका चार जना परिवारको सम्पर्कमा

तनहुँ – तनहुँको भिमादबाट गोसाइँकुण्ड तीर्थयात्राका लागि गएका चार जना

रसुवाको बाढी : १३६ घाइतेमध्ये ४८ उपचारपछि घर फर्किए

काठमाडाैं – रसुवामा आएको आकस्मिक बाढीबाट प्रभावित भई विभिन्न स्वास्थ्य

भोटेकोशी बाढी : कास्कीका १४ जना सम्पर्कविहीन

गण्डकी – रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीमा कास्कीका