पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो « Khabarhub

पेशावर विष्फोट : मृतकको सङ्ख्या ९० पुग्यो


१७ माघ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- उत्तरपश्चिम पाकिस्तानको एक प्रहरी मुख्यालयमा रहेको मस्जिदमा भएको विष्फोटमा मारिनेको सङ्ख्या ९० पुगेको छ । पाकिस्तानको पेशावर सहरस्थित मस्जिदमा विष्फोट भएको हो ।

विष्फोटपछि मस्जिदको संरचना नै भत्केको बताइएको छ । उक्त मस्जिदको भग्नावशेषबाट शवहरू निकाल्ने क्रम अझै जारी रहेको र हालसम्म ९० जनाको ज्यान गएको भन्ने पुष्टि भएको पाकिस्तानी सुरक्षा अधिकारीले जनाएका छन् । विष्फोटमा अरु एक सय ५० भन्दा बढी घाइते भएका छन ।

सोमबार दिउँसोको प्रार्थनाको समयमा उक्त मस्जिदमा आक्रमण भएको हो । पछिल्लो समय अफगान सीमासँग जोडिएका पाकिस्तानी क्षेत्रमा आक्रमणको क्रम लगातार बढिरहेको बताइन्छ ।

मङ्गलबार अस्पतालमा रहेका २३ वर्षीय प्रहरी हवल्दार वजाहत अलीले अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीलाई भने, ‘म सात घण्टासम्म मृत शरीरसहितको भग्नावशेषमुनि फसेको थिएँ, मैले बाँच्नको लागि सबै आशा गुमाएँको थिए ।’

पेशावरको मुख्य अस्पतालका प्रवक्ता मुहम्मद असिम खानले घटनास्थलबाट थप शव आएपछि मृत्यु हुनेको संख्या ९० पुगेको बताएका छन् ।

सहरका प्रहरी प्रमुख मुहम्मद इजाज खानले एएफपीलाई बताएअनुसार मारिनेमा ९० प्रतिशतभन्दा बढी प्रहरी रहेका छन् । आक्रमणका बेला मस्जिदको हाताभित्र तीन देखि चार सय जना प्रार्थानाका लागि भेला भएका थिए ।

 

प्रकाशित मिति : १७ माघ २०७९, मंगलबार  ४ : १२ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति