बानेश्वर आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग लियो प्रहरीले बयान « Khabarhub

बानेश्वर आत्मदाह प्रकरण : उपेन्द्र महतोसँग लियो प्रहरीले बयान


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एक साताअघि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यको मृत्युको घटनामा प्रहरीले गैरआवासीय नेपाली सङ्घका संस्थापक अध्यक्ष तथा व्यवसायी उपेन्द्र महतोसँग बयान लिएको छ।

काठमाडौँको नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवन अगाडि आफैँमाथि पेट्रोल छर्केर आगो लगाई आत्मदाह गरेका आचार्यको परिवारजनले ‘आत्महत्या दुरुत्साहन’को मुद्दामा आरोप लगाएपछि  महतोसँग प्रहरीले बयान लिएको हो  ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख तथा वरिष्ठ प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यवसायी महतोसँग मङ्गलबार बयान लिएको बताए। उनका अनुसार आत्मदाह गर्नु अघि आचार्यले सामाजिक सञ्जालमा लेखेका आरोपबारेमा प्रहरले व्यवसायी महतोसँग बयान लिएको हो। आचार्यले महतोको नेपाल ग्रामोद्योग कम्पनीले घिउ मगाएर म्याद गुज्रेपछि फिर्ता गरेर रकम निकासी नदिएको उल्लेख गरेका थिए ।

आचार्यको मृत्युपछि उनकी श्रीमतीले आर्थिक कारोबार जोडिएका व्यापारिक संस्था र तिनका प्रतिनिधिविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी छन्। सो किटानी जाहेरीमा विभिन्न व्यापारिक समूहका १२ जनाविरुद्ध उजुरी परे पछि प्रहरीले धमाधम बयान लिन सुरु गरेको हो । सो क्रममा सोमबार भाटभटेनी सुपर मार्केट्सका सञ्चालक मीनबहादुर गुरुङसँग बयान लिइएको थियो।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  ८ : ४४ बजे

रविले बोलाए अर्को सर्वदलीय बैठक, उच्चस्तरीय राजनीतिक संयन्त्र गठनबारे छलफल हुने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका