मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित « Khabarhub

मौरीपालन पेसा फस्टाउन नसकेपछि कृषक चिन्तित


१८ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरमा मौरीपालन पेसा फस्टाउन नसकेपछि मौरीपालकहरु चिन्तित बनेका छन् । चौदण्डीगढी नगरपालिका सावा सिद्धिपुरका भक्तबहादुर मगरले दश वर्षदेखि मौरीपालन गर्दै आएपनि यो पेशा संकटमा पर्दै गएको बताए । उनले भने ,’बर्सेनि मौरीको महका लागि बगैँचा, फूलको अभाव छ, अर्कातिर कृषकले रासायनिक मल, विषादी प्रयोग गरेर खेती गर्दा अधिकांश मौरी विषादीले मर्ने गरेका छन् ।’

सिद्धिपुरका दीपक मगरले विभिन्न कारणले मौरी मासिन थालेको छ भने। त्यसैले मौरीका घार रित्तिने सम्भावना बढेको उनको भनाइ छ । चौदण्डी नगरपालिकाको रानीबास, बबला, सावासिद्धपुर क्षेत्रमा चार वर्षयता झन्डै ६ सय आधुनिक घार मौरी व्यावसायिक रुपमा पालन हुँदै आएको छ । कृषकले सोचेजस्तो मह उत्पादन गर्न नसक्दा व्यावसायिक रुपमा घाटा ब्यहोर्नु परेको रानीबासका कृषक देवराज बिष्टको गुनासो छ ।

बेलका क्षेत्रका ४० कृषकले झन्डै सात सय ५० घार मौरीपालन गरेको बेलका नगरपालिकाका प्रमुख अशोक कार्की बताउँछन् । प्रमुख कार्कीका अनुसार मौरीको चर्ने तथा मह संकलन गर्ने स्थान, रूख बिरुवा, तरकारी, तोरी खेतीमा विषादी प्रयोग गर्दा मौरी मर्ने वा मासिने कारण कृषकले सोचेजस्तो फाइदा लिन सकिरहेका छैनन् ।

कार्कीले अहिले नगरपालिका जिल्लाकै व्यावसायिक मौरीपालनमा अब्बल रहेको दाबी गरे । बेलकामा परम्परागत डुडेमौरी पालन परिवर्तन गरेर धेरै कृषकले आधुनिक घारेमौरी सुरु गरेको स्थानीय सुजनकुमार बिष्ट बताउनुहुन्छ । कटारी नगरपालिकाको रिस्कु, सिरीसे, हर्देनी, सोरुङछबीसे क्षेत्रमा व्यावसायिक रुपमा मौरीपालन बढेको छ । 

 कटारी रिस्कुका ६८ वर्षीय कृषक धनबहादुर खत्री २०६७ सालदेखि आफू निरन्तर मौरीपालन पेसामा रहेको बताउँछन् । मौरी मासिने क्रम बढ्दै गएपछि सोचेजस्तो मह उत्पादन गर्न नसकिएको उनको अनुभव छ । 

मध्यपहाडी क्षेत्रको उदयपुरगढीको भलायाँडाडाँ, डुम्रे र रौतामाई गाउँपालिकाको रौता, मुर्कुची, बोलुङखा, भुटार, नामेटार र मलबासे क्षेत्रका कृषकले पनि  यस्तै समस्या भोगेको उनीहरुको भनाइ छ ।  जिल्ला कृषि ज्ञानकेन्द्र उदयपुरका अनुसार २०७४ सालसम्म जिल्लामा पाँच सय घार डुडे र चार सय जति घारे मौरीघार थियो । 

अहिले जिल्लामा सात सय घारसम्म परम्परागत डुडें मौरीपालन र झन्डै एक हजार एक सय आधुनिक मौरीपालन घार रहेको  कृषि ज्ञानकेन्द्र उदयपुरका अधिकृत तथा सूचना अधिकारी महेश चौधरी बताउँछन्। बेलका नगरपालिका सेतीखोलाका कृषक कृष्णप्रसाद ढुङ्गानाले तीन वर्ष अघिसम्म आधुनिक मेलिफेरा मौरीको एक घारमा एक वर्षमा १५ देखि २० केजीसम्म मह आफूले उत्पादन गर्न सफल भएको अनुभव बताउँछन् ।

प्रकाशित मिति : १८ माघ २०७९, बुधबार  १२ : ५८ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद