बृहस्पति ग्रहमा थप १२ चन्द्रमा फेला | Khabarhub Khabarhub

बृहस्पति ग्रहमा थप १२ चन्द्रमा फेला


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- खगोलविद्हरूले बृहस्पति ग्रहका थप १२ चन्द्रमा पत्ता लगाएका छन् । योसँगै सौर्यमण्डलमा सबैभन्दा धेरै चन्द्रमा भएको ग्रह बृहस्पति बन्न पुगेको छ ।

खगोलशास्त्रीहरूले यसअघि शनि ग्रहमा ८३ वटा चन्द्रमा पत्ता लगाएका थिए । अमेरिकाको हवाई राज्य र चिलीमा सन् २०२१ र गत वर्ष टेलिस्कोप प्रयोग गरेर बृहस्पतिका ती नयाँ चन्द्रमा पत्ता लागेका इन्टरनेशनल एस्ट्रोनोमिकल युनियन माइनर प्लानेट सेन्टरले जनाएको छ । पत्ता लागेका नयाँ चन्द्रमा आकारमा ०.६ माइलदेखि दुई माइल सम्मका छन् ।

आगामी एप्रिलमा युरोपेली अन्तरिक्ष एजेन्सीले बृहस्पति ग्रह र त्यसका केही ठूला चन्द्रमाको अध्ययन गर्न अन्तरिक्ष यान प्रक्षेपण गर्दैछ भने अमेरिकी अन्तरिक्ष अनुसन्धान केन्द्र नासाले पनि आगामी वर्ष अर्को यान प्रक्षेपण गर्नेछ ।

खगोलविद्हरूका अनुसार बृहस्पति र शनि ग्रह साना चन्द्रमाले भरिएका छन् । बृहस्पतिका नयाँ चन्द्रमाको नामकरण हुन बाँकी छ । पत्ता लागेका नयाँ चन्द्रमामध्ये आधा धेरै साना छन् ।

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : ५८ बजे

कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दैछ । बैठक बिहान १०

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध रौनकले पनि बनाए अर्धशतक, ३० ओभरमा बन्यो २६८ रन

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट

प्रधानमन्त्रीबाट राष्ट्रिय धान दिवसको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले समग्र कृषिलाई आधुनिक र प्रविधिको

पाखाबारीमा केराखेती, वार्षिक १५ लाखसम्म आम्दानी

म्याग्दी- बेनी नगरपालिका–९ घतान काउलेगौँडाका ४० वर्षीय युवा प्रकाश खत्री

एसीसी यु-१६ : इन्डोनेसियाविरुद्ध नेपाली ओपनर जैसीले बनाए शतक

काठमाडौं – १६ वर्ष मुनिको एसीसी इस्ट जोन कप क्रिकेट