गुल्मीमा एक जना भारतीय नागरिकको हत्या « Khabarhub

गुल्मीमा एक जना भारतीय नागरिकको हत्या


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा– गुल्मीमा एक जना भारतीय नागरिकको हत्या भएको छ । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई आज सार्वजनिक गरेको छ । सत्यवती गाउँपालिका–१ का छविलाल र उनकी श्रीमती विष्णु अधिकारीले भारतीय नागरिक शेख आलिनामको हत्या गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । 

उनले बयानका क्रममा दम्पतीले आरोप स्वीकार गरेको दाबी गरे । बयानका क्रममा अभियुक्तहरूले गत माघ १२ मा मादक पदार्थ सेवन गरेका भारतीय नागरिक आलिनामले छविलालकी श्रीमती विष्णु अधिकारीलाई जिस्काएको र त्यसैको रिसमा दम्पती मिलेर हथौडा प्रहार गरी हत्या गरेको बताएको प्रहरीको भनाइ छ । 

दम्पतीले हत्या गरी शव नदीमा फालेको र शव माघ १९ मा फेला परेपछि अनुसन्धान सुरु भएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा खटिएको सात जनाको टोलीले घटनाको अनुसन्धान गरेको थियो । 

शव हेर्दा टाउको तथा निधारको भागमा गहिरो चोट लागेकाले शंकास्पद देखिएपछि घटनाको विस्तृत अनुसन्धान गरिएको थियो । अनुसन्धानका क्रममा शंकास्पद देखिएका छविलाल र विष्णुलाई बयान लिने क्रममा उनीहरूले हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : ३० बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ