माओवादीले संगठन सुदृढीकरण अभियान चलाउने | Khabarhub Khabarhub

माओवादीले संगठन सुदृढीकरण अभियान चलाउने


२१ माघ २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले संगठन सुदृढीकरण अभियान चलाउने भएको छ । 

पार्टीका केन्द्रीय नेताहरू २ महिना कार्यकर्ता र जनताकहाँ जाने भएका हुन् । पार्टीको स्थायी कमिटीको शनिबारको बैठकबाट पार्टी सुदृढीकरण अभियान चलाउने निर्णय लिएको उपाध्यक्ष तथा प्रवक्ता कृष्णबहादुर महराले बताए । 

केन्द्रीय नेताहरू संगठन सुदृढीकरणका लागि जनता र कार्यकर्ताकहाँ गएर आउने अनि केन्द्रीय समितिको बैठकमा त्यसको प्रतिवेदन पेस गर्ने निर्णय गरिएको महराले बताए ।

माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले पार्टी पंक्ति र जनतालाई भेट्ने योजना तय भएको जानकारी दिए । 

पार्टीको संगठनबारे स्थायी कमिटीमा व्यापक छलफल भएको उनले जानकारी दिए । 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : ५९ बजे

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय

१२ जिल्लामा सीडीओ हेरफेर, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं – गृहमन्त्रालयले देशका १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ)काे